लैंगिकता र सामाजिक मुल्य मान्यता सम्बन्धी तालिम सम्पन्न

२२ भाद्र २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


लैंगिकता र सामाजिक मुल्य मान्यता सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ  कोअलिसन फर ट्रेनिङ रिसर्च एण्ड डेभलपमेन्ट, प्रा। ली सिट्रेड  ले आयोजना गरेको तालिमको उदेश्य लैंगिकता ,सामाजिक मुल्यमान्यता र लैङ्गिक हिंसाको बारेमा सहभागी लाई अभिमुखीकरण प्रदान गर्नु थियो

यसका प्रकारहरू ,लैङ्गिक विभेदका कारणहरू, लैङ्गिक हिंसालाई बढावा दिने सामाजिक संस्थाहरु , यसका परिणामहरु ,सामाजिक मुल्य मान्यता र प्रकार, सिदान्त, सामाजिक अपेक्षाका प्रकारहरु, जेण्डरको सामाजिक बनोट, सामाजिकीकरण ,सामाजिकीकरण र पुरुषत्व, पितृसत्ता र सामाजिक संरचना , पुरुषत्वको चक्र आदि को विषयमा सहभागीलाई अभिमुखीकरण प्रदान गरिएकोथियो कोभिड १९ संक्रमणको जोखिमतालाई मध्यनजर गर्दै अनलाइन गरिएको उक्त तालिममा सिट्रेडका प्रमुख कार्यकारी अधिकृत विकास थापा र सामाजिक मुल्य मान्यतासम्बन्धीविज्ञनिर्मला महर्जनले लैंगिकता र सामाजिक मुल्य मान्यता सम्बन्धी को बारेमा प्रस्तुतिकारण गर्नु भएको थियो  स्थापना कालदेखि विभिन सेवा क्षेत्र जस्तै परामर्श सेवाहरू, अनुसन्धान, प्रशिक्षण, योजना र नीतिहरू, समीक्षा, म्यानुअल विकास र प्रकाशन, परियोजना व्यवस्थापन, निजी क्षेत्र र व्यापार विकास , तालिम आयोजना, कार्यक्रम व्यवस्थापन, सूचना, शिक्षा, र संचार आईईसी विकास र प्रकाशन रहेको र बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्था एवम् सरकारी निकायहरुलाई परामर्श दिदै आइरहेको र हाल संस्थाहरुले सामाजिक उत्तरदायीत्व अन्तर्गत यो अन्तरक्रिया आयोजना गरिएको र यस्ता प्रकृतिका कार्यक्रमहरुबाट समाजमा सकारात्मक प्रभाव पर्ने आयोजक टिमले जानकारी दिएको छ

अन्तरक्रिया कार्यकम्रमा विभिन पेसाकर्मी, बाल अधिकारकर्मी ,अभियन्ताहरु र संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहको थियो र आगामी दिनमा पनि यस्तै समसामयिक विषयमा अन्तरक्रिया, गोष्ठी, तालिम लगायत क्रियाकलापहरु संचालन गर्दैजाने सिट्रेडको अध्यक्ष शुक्रराज पौडेल ले जानकारी दिनु भयो – यस एकदिन तालिमको मिडिया पार्टनर मा सबल पोस्ट र नयाँ पुस्ता रहेर सहयोग पुराउनु भएको छ सबल पोस्ट र नयाँ पुस्ताले सिट्रेडको तालिम लगायत विभिन कार्यक्रम सहकार्य गर्दै आइरहेको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया