स्कुल अफ डेमोक्रेसी स्याङ्जा द्धारा वालिङ् र भीरकोट नगरपालिकालाई सेनीटाइजर स्टयाण्ड मेशिन हस्तान्तरण

२२ भाद्र २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


चुत्र महत-भदौ २२ भीरकोट, स्कुल अफ डेमोक्रेसी स्याङ्जाले वालिङ र भीरकोट नगरपालिकालाई खुट्टा द्धारा चल्ने सेनिटाइजर स्टयाण्ड मेशिन प्रदान गरेको छ ।  स्कुल अफ डेमोक्रेसी स्याङ्जाका अध्यक्ष अनुप श्रेष्ठले वालिङ् र भीरकोटका नगर प्रमुख र उप प्रमुखलाई मेशिन हस्तान्तरण गर्दै जिल्लाका सवै स्थानीय तहहरुमा प्रदान गर्ने वताए ।

हस्तान्तरण गरिएको मेशिन नगरपालिकाको कार्यालयको मुल ढोकामा राख्ने भन्दै वालिङ्का प्रमुख दिलिप प्रताप खाँणले नगरमा धेरै सेवाग्राहीहरु सेवा लिन आउने भएको हुँदा हातले सेनिटाईजरको वोतल दवाउन नपर्ने भएसंगै कोरोनाको संक्रमण कम हुने वताए ।  त्यसै गरी भीरकोट नगर प्रमुख छायाराम खनालले स्थापना भएको छोटो समयमानै सामाजिक कार्य गरी योगदान पुराउन सफल भएकोमा स्कुल अफ डेमोक्रेसीलाई आभार व्यक्त गर्दै कोरोनाको कहर भएको अवस्थामा खुट्टाको साहायताले संचालन गर्न सकिने सेनिटाइजर स्टयाण्ड सवैको हितकारी रहेको वताए ।

सेनिटाइजर स्टयाण्ड हस्तान्तरण कार्यक्रममा वालिङ र भीरकोट नगरपालिकाका नगर उप प्रमुख द्धय कल्पना तिवारी र सिमा केसी कर्माचार्य लगायत जनप्रतिनिधि र सस्थाका पदाधिकारीहरुको सहभागीता रहेको थियो । सस्थाका अध्यक्ष अनुप श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव राजु डुमे्रले र धन्यवाद व्यक्त सागर कुवँरले गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया