निजामती सेवा दिवस २०७७ का अवसरमा गल्याङ नगरपालिकामा कार्यक्रमको आयोजना

२२ भाद्र २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


गल्याङ । निजामती सेवा दिवस २०७७ का अवसरमा गल्याङ नगरपालिकामा एक कार्यक्रम गरी मनाइएको छ ।  ‘स्वच्छ र सक्षम निजामती प्रशासनः सम्बृद्वि र सुशासन’ भन्ने नाराका साथ गल्याङ नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा औपचारिक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गल्याङ नगरपालिकाका उपप्रमुख देविसरा थापाले जनप्रतिनिधि र कर्मचारीको समन्वयकारी भूमिकाबाट सम्बृद्वि हासिल हुने बताउनुभयो ।

उहाँले सुशासन र परिवर्तनका लागि कर्मचारीको हात महत्वपूर्ण हुने भन्दै आफ्नो जिम्मेवारी र कर्तब्यबोधलाई सबैले मनन गर्नुपर्ने बताउनुभयो ।  उपप्रमुख थापाले जनप्रतिनिधिको निश्चित समय सिमा हुने भएकाले कर्मचारी प्रशासनको भूमिका अझै गहन हुने बताउनुभयो ।  जनताको अपेक्षा धेरै भएको अवस्थामा जनप्रतिनिधका बाध्यताहरु धेरै हुने भएकाले कर्मचारीले विशेष समन्वय गर्नुपर्ने उहाँको भनाई छ । कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले सम्बृद्वि र सुशासनका लागि स्थानीय निकायका कर्मचारीको अझै बढि जिम्मेवारी रहेको बताउनुभयो । उहाँले कर्मचारीले जनप्रतिनिधि र जनताको चाहना पुरा गर्नुपर्ने भएकाले सोही अनुसार काम गर्नुपर्ने बताउनुभयो ।

उपलब्ध ऐन नियम र कानूनमा टेकेर जनतालाई अधिकतम सेवा दिनु कर्मचारीको दायित्व भएको भन्दै उहाँले छिटो र छरितो रुपमा सेवा प्रवाह गर्न सधैं क्रियाशिल रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख उपसचिव केदार राज आचार्यले देशका विभिन्न कार्यालयमा आवश्यकताका आधारमा कर्मचारीको व्यवस्थापन नभएको भन्दै दरबन्दी व्यवस्थापन भन्दा पनि कर्मचारी व्यवस्थापनमा केही कमजोरी रहेको बताउनुभयो । उहाँले विश्वकै तुलनामा नेपालमा थोरै सेवा सुविधामा नेपालका निजामती कर्मचारीले काम गरिरहनुपरेको भन्दै कर्मचारीले दोश दिनुभन्दा पनि उत्प्रेरणा दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नगरपालिका आर्थिक प्रशासन शाखा प्रमुख भोजराज बगाले, सामाजिक शाखा प्रमुख ढालबहादुर केसीले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख दशरथ उपाध्यायले गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे