पश्चिम नवलपरासी रामग्रामको जितपुरमा पनि फुड बैंक सन्चालन

२२ भाद्र २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


रन्जीत शर्मा – नवलपरासी , २२ भदौ-बिश्वभर आक्रान्त बनाईरहेको कोरोना भाईरस कोभिड(१९ नेपालमा पनि समुदाय स्तरमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सो रोगबाट निम्तीन सक्ने जोखिम र नियन्त्रणका लागी सरकारले आवाहन गरेको दोस्रो चरणको लकडाउन अर्थात बन्दाबन्दिका कारण दैनिक छाक टार्न समस्यामा परेका मजदुर तथा अति बिपन्न बगहरुलाई लक्षित गरि नवलपरासी लगाएत बिभिन्न स्थानहरुमा युवा समाजसेवि, बुद्धिजिवी, उधोगी, ब्यापारी हरुको पहलमा पश्चिम् नवलपरासीको रामग्राम नगरपालिका वडा नं।४ जितपुरमा फुड बैंक सन्चालनमा ल्याइएको छ।

जितपुर युवा समहुको आयोजना तथा विभिन्न सहयोगि दाताहरूको सहयोगमा फुड बैंक उदघाटन कार्य सुभारम्भ भएको हो । जितपुर युवा समहुका अध्यक्ष लक्षमण यादवको अध्यक्षता तथा रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताको प्रमुख अतिथ्यता र पुर्ब सांसद चिनक कुर्मीको बिशिष्ट अतिथ्यता तथा वार्ड न०६ का वडा अध्यक्ष जितेन्द्र अग्रहरी को विशेष अतिथिक्तामा फुड बैंक उदघाटन कार्य सुभारम्भ भएको हो।

फुड बैंक उदघाटन गर्दै नगरपालिका प्रमुख गुप्ताले हुनेले दिएर जाऔं नहुनेले लिएर जाऔं ञ भन्ने मुल नाराका साथ संचालित फुड बैंकबाट गरिब ,असहाय , असक्त ,अनाथ बालबालिका र अपाङ्गता भएको ब्यक्तिहरुलाई रामग्राम नगरपालिका सधै सहयोग गर्दै आएको र प्रत्येक ब्यक्तिको सुख दुखमा साथ रहने र आवश्यक परेको बेलामा सधै सहयोग गर्ने छौ साथै जितपुर युवा समहुले यो फुड वैंक स्थापना गरेको कार्य प्रति पालिका भित्र उदाहरणिय काम गरेकोमा रामग्राम नगरपालिका सदैव सहयोगका लागि तयार रहने र आगामि दिनमा अझ कृयाशिल भई सामाजिक कार्यमा लाग्न सल्लाह सहित युवाहरुको साथमा पालिका रहेको प्रमुख गुप्ताले बताउनु भएको हो।

त्यस्तै पुर्ब सांसद चिनक कुर्मी प्रमुखले रामग्राम नगरपालिका भित्र रहेको स्थानीय बासिहरुको घरघरमा पुगि कोरोना महामारी कोभिड १९ को अवस्था बुझ्ने र आवश्यक परेको खण्डमा विभिन्न खाद्यान्न सामाग्री उपलब्ध गराउदै आएको र युवाहरुले यस्तो विषम परिस्थितिमा गरेको उदाहरणीय कामको प्रशंसा ब्यक्त गर्दै धन्यवाद दिनुभएको हो।युवाहरुले महामारीका बखत समुदाय प्रती आफ्नो दायित्वबोध गर्दै स्वतस्फूर्त रुपमा यस अभियान सन्चालनमा ल्याएको र विषम परिस्थिति जारी रहदा सम्म यो अभियान चलिराख्ने भन्दै सहयोग गर्न चहाने महानुभावहरुले ९८१५४१२२०० सम्पर्क गरि सहयोग गर्न सक्ने कुरा यसै अभियानका अगुवा लक्षमण यादवले बताए। तपाईंको सानो सहयोगले कसैको जीवन बाच्न सक्छ ,त्यसैले आउनुहोस हातेमालो गरौ ,सामाजिक अभियानको सारथि बनौ र दैनिकी ज्याला मजदुरी गरी घरखर्च संचालन गर्दै आएका अति गरिब ,बिपन्न ,अनाथ बालबालिका ,अपाङ्गता भएको परिवारलाई राहात स्वरुप खाद्यान्न, दाल, तेल, नुन, तरकारी, चिउरा, सोयाबिन,दुध लगाउतका सामाग्रि प्रदान गरिने घिमिरेले बताउनु भयो ।

सो कार्यक्रममा उद्योग वाणिज्य संघ नवलपरासीका महासचिव गिरिराज पाण्डे , नेपाल मुस्लिम संघका उपाध्यक्ष बद्री आलम , कार्यपालिका सदस्य रोशन साह, अनिता तिवारी , दिपक क्षेत्री लगायतको उपस्थित रहेको थियो । सो फुड बैंक रामग्राम नगरपालिका भित्र पर्ने वडा नं।४ जितपुर मा सन्चालन गर्दै अघि बढ्ने तथा परिस्थिति सहज नहुन्जेलसम्म सञ्चालन गर्ने भनी सोका लागी बिभिन्न स्थानिय तह राजनैतिक दल, उद्योगी , ब्यापारी र समाजसेविहरुबाट यस फुड वैंकमा सहयोग गर्न समेत अध्यक्ष लक्षमण यादवले अनुरोध गर्नुभएको छ । सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाएर गरिब , अनाथ बालबालिका , अशक्त परिवारले मात्र फुड बैंकमा आई सहयोग लिन समेत अनुरोध गरिएको छ । सो फुड बैंक स्थापना संगै पहिलो दिन प्रत्क्षयरुपमा २० घरधुरी लाभान्वित भएका छन।कोरोना संक्रमणको महामारी बढ्दै गएपछी बिगत ६ महिनाको लकडाउनले थलिएको जनजिवन फेरि निषेधाज्ञाका कारण थप प्रभाबित बन्दै गएको छ।यस अघि पश्चिम् नवलपरासीको स्वाठी , सुनवल , भुमही, बर्दघाट, सरावल लगायतको ठाउँमा फुड बैंक सन्चालनमा हुँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया