नेपालमा थपिए ९ सय ७९ कोरोना संक्रमित, संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुग्यो

प्रकाशित मिति:

काठमाडौँ — पछिल्लो २४ घन्टामा नेपालमा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको बताएका छन् । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ७ सय ३६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३० हजार ६ सय ७७ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ । यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १६ हजार २ सय ५९ छन् भने ४ हजार ७ सय ३९ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।@ekantipur