नेप्सेमा अल्पकालीन कारोबारी हावी

प्रकाशित मिति:

काठमाडौं : सेयर बजारमा अल्पकालीन कारोबारी हावी देखिएका छन् । यसबीचमा कतिपय कम्पनीको भाउ राम्रैसँग बढेकाले यस्ता कारोबारीले बिक्री चाप बढाइदिएका हुन् । यससँगै कतिपय संस्थागत लगानीकर्ताले पनि नाफा बुक गर्न खोज्दा नेप्से सूचक दबाबमा परेको अनुमान छ । तथापि,, अहिलेको करेक्सन सामान्य हुने र फेरि बजारले अग्रगामी गति समाउने पुराना र अनुभवी लगानीकर्ताहरुको भनाई रहेको छ । केही कम्पनीहरुमा यसबीचमा राम्रैसँग भाउ बढ्यो । जसका कारण नाफा भएकाहरु सुरक्षित गर्न लाग्दा नेप्से सूचक दबाबमा परेको हो ।

सूचक तल झर्दा पनि खरिदबिक्री रकम उत्साहप्रद देखिएको छ । खरिदबिक्रीमा माहोल जारी रहेकाले आगामी दिनका लागि सकारात्मक संकेत गर्ने विश्लेषणहरु भइरहेका छन् । बैंकिङ प्रणालीमा अधिक तरलता नै अहिले सेयर बजार माथि जाने प्रमुख कारण हो । अधिक तरलताका कारण ब्याजदर सस्तो भएको छ । सस्तो ब्याजदरले अन्ततः सेयर बजारलाई सकारात्मक गतिमा लगेरै छाड्ने छ ।लगानीकर्ता अलिकति सचेत हुनुपर्ने वित्तीय सूचकहरुमा हो । कोरोना र जारी निषेधाज्ञा लगायतका कारण कम्पनीहरुको नाफामा कति असर गर्यो भनेर चाहिँ अध्ययन गर्न आवश्यक हुन्छ । ब्याजदर न्यून विन्दुमा आउँदै गर्दा निक्षेपमा पैसा राखेकाहरु पनि सेयर बजारतिरै आउने अवस्था बन्नेछ । तथापि, सेयर बजार तलमाथि गर्दै अघि बढ्छ । निरन्तर घट्ने वा बढ्ने भन्नेमात्र हुँदैन ।

नेप्से सूचक १२।१७ अंकले घटेर १४८७।८१ विन्दुमा आइपुगेको छ । १९२ कम्पनीको २ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ५५ लाख ९५ ५५१ कित्ता सेयर खरिदबिक्री भएका छन् । खरिदबिक्री भएका मध्ये ४ वटा समूहका सूचक बढेका छन् भने बाँकी समूह तल झरेका छन् । सबैभन्दा धेरै व्यापारिक समूह माथि लागेको छ यता, वाणिज्य बैंक समूह १७।३६ अंकले घटेको छ । उन्नति सहकार्य लघुवित्तको भाउ १०५ ले बढेको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चरको भाउ १०५ ले घटेको छ । कारोबार रकममा सबैभन्दा अघि नेपाल पुनर्बिमा कम्पनी आएको छ । यसको २८ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रोमा नागरिक लगानी कोष र नेको इन्सुरेन्स परेको छ । नेपाली पैसा