नेप्सेमा दोहोरो अंकले गिरावट

प्रकाशित मिति:

काठमाडौं, भदौ २२ : धितोपत्र बजारमा शेयर कारेबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको छ। अघिल्लो साता लगातार उकालो लागेको बजारमा कारोबार मापक नेप्से यस साता भने लगातार ओरालो लागिरहेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १२ दशमलव १७ बिन्दुले घटेर एक हजार ४८७ दशमलव ८१ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ५५ ले घटेर २९८ दशमलव ६४ मा पुगेको छ। कूल १९२ कम्पनीको ५५ लाख ९५ हजार ५५१ कित्ता शेयर दुई अर्ब १६ करोड ४९ लाख ३० हजार २१४ रुपैयाँ मूल्यमा खरिद बिक्री भए। आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरोलो लागेको छ। व्यापार २२ दशमलव ९६, वित्त ० दशमलव ३, अन्य ३ दशमलव ७९ र लघुवित्त १ दशमलव १५ बिन्दुले बढेको छ।

यस्तै बैंकिङ १७ दशमलव ३६, होटल २ दशमलव ५६, विकास बैंक १५ दशमलव ५८, जलविद्युत् ३ दशमलव ५३, निर्जीवन बीमा ४६ दशमलव ७६, उत्पादन १७ दशमलव ६८, जीवन बीमा ९२ दशमलव ५४ र सामूहिक लगानी कोष ० दशमलव ०५ बिन्दुले घटेको छ। कारोबारमा आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २८ करोड ४० लाख ३७ हजार ६९ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहयो। यस्तै नागरिक लगानी कोष १५ करोड ६३ लाख तीन हजार ५६९ रुपैयाँ, नेको इन्स्योरेन्स नौ करोड तीन लाख १९ हजार ९२७ रुपैयाँ, एनएमबी बैंकको संस्थापक शेयर आठ करोड ८२ लाख चार हजार ८८० रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्प्नी आठ करोड २४ लाख ९५ हजार ६४ रुपैयाँ र शिवम् सिमेन्ट सात करोड ५४ लाख ९४ हजार ८२५ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।

यस्तै, उन्नती सहकार्य लघुवित्त ९ दशमलव ९१, यूनिभर्सल पावर कम्पनी ९ दशमलव ८७, जोशी हाइड्रोपावर ८ दशमलव ८६, नागरिक लगानी कोष ७ दशमलव ९४ र आशा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ दशमलव ३३ प्रतिशतले कमाए। त्यस्तै, एनआरएन इन्फ्रास्टकचर ९ दशमलव ९२, घलेम्दी हाइडङो ६ दशमलव ८५, हिमालयन पावर पार्टनर ५ दशमलव ८८, अरुण काबेली पावर ५ दशमलव ०८ र एआइबिएल प्रगति फण्डका लगानीकर्ताले ३ दशमलव ८५ प्रतिशतले गुमाए।