बर्दघाटमा बजार अनुगमन सुर्ती जन्य सामाग्री बरामद

२२ भाद्र २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


प्रकाश न्यौपाने                                                          भदौ २२ गतेे
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा बजार अनुगमन हुदा कसिव एक लाख रुपौया बराबरको सुर्तीजन्य पदार्थ बरामत गरिएको छ । बर्दघाट नगरपालिकामा रहेको बजार अनुगमन समितिले आइतवार बर्दघाट नगर क्षेत्रमा रहेका २६ वटा पसलहरुको अनुगमन गर्दा करिब १ लाख रुपैया बराबरको सुर्ती तथा गुटखा बरामद गरेको छ ।

बर्दघाट नगरपालिका उपमेयर तथा बजार अनुगमन समिति संयोजक मायादेवी पौडेलको नेतृत्वमा पुगेको सरोकारावालाहरुको टोलीले सो मुल्य बराबरको सुर्ती तथा गुटखा बरामद गरेको हो । टोलीले ५९ पोका सुर्ती र ८२ पोका गुटखा सहित खुद्रा रुपमा बेच्न राखेका सुर्ती तथा गुटखाका पाउचहरु बरामद गरेको र त्यसको खुद्रा मुख्य करिब एक लाख रुपैया हुने बजार अनुगमन समितिले जनाएको छ ।

टोलीले बर्दघाट नगरपालिकाका प्रमुख बिक्रि हुने बर्दघाट बजार, भुताहा, चिसापानी, चौपत्ता, पूर्नबास, जिमिरेभार,भटौलिया, जमुनियाँ, र बाडिपिडितको बजारबाट उक्त सामान बरामद गरेको अनुगमन अधिकृत पुस्कर काफ्लेले बताउनुभयो । नगरपालिकाले सुर्तीजन्य पद्धार्थ तथा गुटखा नियमन गर्न यस अघि नगरपालिकाभित्रका ब्यवसायीहरुलाई प्रतिबद्धता गराएको थियो । आफ्नै प्रतिबद्धता बिपरित कार्य गर्ने पसलहरुबाट सुर्ती तथा सुर्तीजन्य पदार्थ बरामद गरिएको समितिले जनाएको छ । त्यस्तै बजार अनुगमनका क्रममा मुल्य सुची समेत नराखेको पाइएकोले मुल्य सूची राख्न सुझाव दिइएको उपप्रमुख पौडेलले जानकारी दिनुभयो । उहाँले बजार अनुगमनको कार्यलाई निरन्तरता दिइने समेत बताउनुभयो ।

२०७७ साल साउनबाट सुर्ती तथा गुट्खा बेच्न प्रतिबन्ध लगाइए पनि नगर क्षेत्रमा सुर्ती तथा गुट्खा बेच्ने कार्य रोकिएको छैन । बजार अनुगमन टोलीमा बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, उपभोक्ता हित संरक्षण मञ्चका प्रदेश सदस्य धनञ्जय पौडेल नगरपालिकाका अनुगमन अधिकृत पुस्कर काफ्ले , ईलाका प्रहरी कार्यालयका प्रतिनिधि , नगर प्रहरी र संचारकर्मीको सहभागिता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया