सेनामाथि प्रतिबन्ध जारी रहेकै अवस्थामा चिनियाँ रक्षामन्त्रीले भेटे अमेरिकामा समकक्षीलाई

प्रकाशित मिति:

वासिङ्टन । चिनियाँ रक्षामन्त्री वेइ फेङ्गे र अमेरिकी रक्षा मन्त्री जेम्स म्याटिसबीच वासिङ्टनमा शुक्रबार अपराह्न भेटवार्ता भएको अमेरिकाबाट प्राप्त समाचारमा जनाइएको छ । उनिहरुबीच दुई देशबीचको सैनिक सम्बन्धका साथै अरु द्धिपक्षीय हितका विषयमा कुराकानी भएको सो समाचारमा जनाइएको हो ।

चिनियाँ रक्षामन्त्री वेइ अमेरिकाको भ्रमणका क्रममा शुक्रबारै वासिङ्टन पुगेका थिए। शुक्रबार अपरान्ह उनिहरुबीच विशेषगरी चिनियाँ र अमेरिकी सैन्य सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ ।चिनियाँ रक्षामन्त्री वेइले चिनियाँ राष्ट्रपति सि चिनफिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच पछिल्लो समयमा एक महत्वपूर्ण सहमति बन्दै गएको र त्यस सहमतिले यी दुई देशबीचको रणनीतिक साझेदारीका लागि पनि ठूलो सहयोग पुग्न सक्ने अपेक्षा गरिएको जानकरी दिएका छन् ।वेइले भने दुइ देशीबीचको विगतको सुमधुर सम्बन्धलाई निरन्तरता दिन हालैका दिनमा देखा परिरहेका असमझदारीहरु हटाउनुपर्नेमा पनि उनले जोड दिएका छन् ।उनले दुवै पक्षले शान्त र सकारात्मक रुपमा सैनिक सम्बन्धमा जोड दिनुपर्ने भन्दै एक अर्काको सम्बन्धको सुधारका लागि आपसमा सम्मानको वातावरण निर्माण हुनुपर्ने र त्यसका लागि प्रक्रियाहरु अब शुरु गर्नुपर्ने पनि उनले बताए ।

आपसी वार्ता र सहमति समझदारीबाट नै अहिलेको असमझदारीको अवस्था हट्ने उनले बताए । यस्तो सम्बन्ध सुधारको माध्यम चीन र अमेरिकाका राष्ट्रपतिहरुले पछिल्लो समयमा थालिसकेको र यसले दुवै देशलाई विभिन्न क्षेत्रमा सहयोग पुग्ने अपेक्षा गरिएको पनि चिनियाँ रक्षामन्त्री वेइले जानकारी दिएका छन् ।अमेरिकी रक्षामन्त्री म्याटिस् चिनियाँ रक्षामन्त्रीको सकारात्मक धारणासँग सहमत भएको बताइएको छ । उनले संयुक्त राज्य अमेरिका जहिले पनि चीनसँग सैन्य सम्बन्धका माध्यमबाट चीनसँग असल सम्बन्धको विकासमा सकारात्मक रहेको बताए । उनले अमेरिका र चीनबीच पछिल्लो समयमा विकसित असमझदारीलाई असल सम्बन्धमा परिणत गर्न सदा तत्पर र सकारात्मक रहेको धारणा पनि सो भेटका क्रममा राख्नुभएको बताइएको छ । एपी