महिला लघुवित्तको आइपीओ आउँदै

२३ भाद्र २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाण्डौ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख कित्ता आइपीओ आउने भएको छ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रति शेयर अंकित मूल्य रु। १०० दरका ४ लाख कित्ता शेयर बराबर चार करोड रुपैयाँ साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन ९आइपीओ ० को निष्काशन तथा विक्रीका लागि नेपाल एसबीआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

नेपाल एसबीआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया