कालिका लघुबित्तद्वारा बिमा रकम बितरण

२३ भाद्र २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


प्रकाश न्यौपाने
भदौ २३ गते,

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा न ९ भाताहामा रहेको कालिका लघुबित्त बित्तिय सस्थाले शुक्रबार  एक कार्यक्रम आयोजना गरी मृतक सदस्यलाई रु अठहत्तर हजार रुपौया हस्तान्तरण गरेको छ । मृतकका परिवारलाइ बिमा रकम साठि हजार र अठार हजार काज क्रिया खर्च गरी अठहत्तर हजार रुपौया बितरण गरिएको शाखा प्रबन्धक शान्ति अर्यालले जानकारी दिनु भयो ।
कार्यक्रममा बोल्दै शाखा प्रमुख शान्ती अर्यालले कालिका लघुबित्तले ग्रामीण क्षेत्रमा पुर्याएको योगदान सहित कर्जा बिमाको बारेमा बताउनु भयो । कार्यक्रममा संस्थाका कर्मचारी दिनेश उपाध्याय, भरत कुमार कुमाल,लक्ष्मी प्रसाद साह लगायत समूह सदस्य हरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया