वीपि जयन्तिमा काँग्रेसको भिडियो अन्तरसंवाद 

प्रकाशित मिति:

बुटवल, २३ भदौ ।नेपालीकाँग्रेसका संंस्थापक नेता स्वर्गीय वीपि कोइरालाको १०७औं जन्मजयन्तीको अवसर पारेर नेपालीकाँग्रेस रुपन्देहीले भिडियो अन्तरसंवादकार्यक्रमआयोजना गरेको छ ।
जननायकवी.पि. कोइरालाको प्रजातान्त्रिक समाजवाद, नेपालीकाँग्रेस र नेपालको राजनीतिकअवस्थाविषयमाआयोजनागरिएको अन्तरसंवादकार्यक्रमबुधबार बिहान ११ बजेदेखि सञ्चालनहुने नेपालीकाँग्रेस रुपन्देहीका सभापतितथापूर्व राज्यमन्त्रीअब्दुल रज्जाकले जानकारी गराउनु भयो ।

जुम प्रविधिको माध्यमबाट आयोजनागरिने भिडियो अन्तरसंवादकार्यक्रममा नेपालीकाँग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री सशांक कोईराला, नेपालीकाँग्रेसका प्रमुख सचेतकतथापूर्वमन्त्रीबालकृष्ण खाँण, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाह, उद्योगपतितथाप्रतिनीधि सभा सदस्यबिनोद चौधरी लगायतका नेताहरुले सम्बोधनगर्ने कार्यक्रम नेपालीकाँग्रेस रुपन्देहीले तय गरेको सचिव रामकृष्ण खाँणले जानकारी दिनुभयो ।
पार्टीका संस्थापक नेता कोईरालाले नेपालको राजनीतिक परिवर्तनमादिएको योगदान, उहाँलिएको नीतितथा सिद्धान्त तथाअहिलेको राजनीतिकतथा पार्टीको अवस्थाको बारेमा छलफल हुने उहाँले जानकारी गराउनु भयो ।

त्यस्तैगरी दुई तिहाईको कम्युनिष्ट सरकारले गरेका कामकाबारेमा समेत समिक्षागरिने छ भने विश्वमामहामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलिननदिनकालागिगरिएको लकडान बाहेक ६ महिनाबितिसक्दापनि सरकारको तर्फबाट अन्यकुनैप्रकारको तयारी नगरेको तर्फ सरकारको ध्यानाकर्षण गराईने सभापति रज्जाकले बताउनु भयो ।  भिडियो अन्तरसंवाद संक्षिप्त रुपमाहुने र उक्तअन्तरसंवादकार्यक्रममाजोडिनका लागिआम नेताकार्यकर्ता, शुभचिन्तकपत्रकार सबैलाई नेपालीकाँग्रेस रुपन्देहीले आग्रह गरेको छ ।