बुटवल उद्योग बाणिज्य संघद्वारा बजार अनुगमन : स्वास्थ्य मापदण्ड पालना गर्न व्यबसायीलाई आग्रह

२३ भाद्र २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


बुटवल, २३ भदौ । बुटवल उद्योग बाणिज्य संघले बुटवलको बजार अनुगमन गरेको छ । महामारीको रुपमा फैलिएको कारोना भाईरस (कोभिड १९) नियन्त्रणका लागि सरकारले गरेको लकडाउनलाई खुखुलो गरेपछि व्यबसायीले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको विषयमा बजार अनुगमन गरिएको संघका वरिष्ठ उपाध्यक्ष तथा अनुगमन टोलीका संयोजक उज्ज्वल कसजुले जानकारी गराउनु भयो ।

इलाका प्रहरी कार्यालय बुटवल र बुटवल उद्योग बाणिज्य संघले गरेको अनुगमनमा ९५ प्रतिशत व्यबसायीले सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड पालना गरेको पाईएको र स्वास्थ्य मापदण्ड पालना नगरेका व्यबसायीलाई मापदण्ड पालना गर्न आग्रह गरिएको संघका बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्यालले बताउनु भयो । त्यस्तैगरी प्रशासनले नियमन गरेको मापदण्ड समेत पालना गर्न आग्रह गरिएको अनुगमन टोलीले जनाएको छ । संघका वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजुको नेतृत्वमा बाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्याल, कार्यसमिति सदस्यहरु बसन्त ढकाल, प्रकाशकुमार श्रेष्ठ र मुक्ति अधिकारी तथा ईलाका प्रहरी कार्यालय बुटवलका दुईजना प्रतिनीधि प्रहरी सहभागि भएको अनुगमन टोलीले बुटवलको अमरपथ, राममन्दिर लाईन, टाफिकचोक, जेसीजचोक हाटबजार, संगमपथ लगायतका स्थानमा अनुगमन गरेको थियो ।

कोरोना भाईरस संक्रमण फैलिन नदिनकालागि सरकारले लकडाउन गरेपछि उद्योग व्यबसाय धाराशायी भएको भन्दै रुपन्देहीमा रहेका ५ वटा उद्योग बाणिज्य संघले स्वास्थ्य मापदण्ड पालना गरि व्यबसाय सञ्चालन गर्ने गरि लकडाउनलाई खुकुलो बनाउन प्रशासनमा पैरवी गरिएको र सोही अनुसार व्यबसायीलाई स्वास्थ्य मापदण्ड पालना गराउने पनि संघकै दायित्व भएकाले बजार अनुगमन गर्नुका साथै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्नुपरेको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताउनु भयो ।

नीजि क्षेत्रको सबैभन्दा पुरानो र ठूलो संस्था उद्योग बाणिज्य महासंघमा आवद्ध बुटवल उद्योग बाणिज्य संघ, सिद्धार्थ उद्योग बाणिज्य संघ, तिलोत्तमा उद्योग बाणिज्य संघ, देवदह उद्योग बाणिज्य संघ र सैनामैना उद्योग बाणिज्य संघले करिव ६ महिनादेखिको लकडाउनका कारण उद्योग व्यबसाय ठप्प हुँदा उद्योग व्यबसाय धाराशायी हुनुका साथै मुलुको अर्थतन्त्रमा समेत नकारात्मक असर परेकाले स्वास्थ्य मापदण्ड पालना गरि व्यापार व्यबसाय सञ्चालन गर्नेगरी लकडाउनलाई खुकुलो बनाउन प्रशासन तथा जिल्लाका १६ वटै स्थानीय तहलाई आग्रह गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सामूहिक रुपमा आलु खेती गर्दै दलित महिलाहरु
  • सामुदायिक बिद्यालयका बिद्यार्थिलाई शैक्षिक सामाग्री बितरण
  • तिलोत्तमामा ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’
  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु
  • ‘बेटर व्रिक–नेपाल कार्य अनुपालक अधिकृतहरुका लागि कार्यशाला गोष्ठि सम्पन्न’
  • मन्त्री अर्यालद्वारा कोटाकोटमा सामुदायिक भवन तथा मंदिर निर्माणकार्यको शिलन्यास
  • युवा नेता भण्डारीले गरे गुल्मेली विद्यार्थीलाई छात्रावृत्तीमा अध्ययन गराउने घोषणा
  • आज आइतबारको राशिफल
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा रक्तदान
  • महिलाहरुको सक्रियताले दीगो आर्थिक प्रगती सम्भव : अध्यक्ष गैह्रे