हिसान रुपन्देहीका शिक्षकको कोरोना बीमा

२३ भाद्र २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


झविन्द्र देवकोटा – बुटवल, २३ भदौ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल ९हिसान० रुपन्देहीले आफ्ना सदस्य बिद्यालयमा कार्यरत शिक्षकहरुको कोरोना बीमा गरि दिएको छ । हिसानमा आवद्ध विद्यालयहरुमा कार्यरत ३ सय ९४ जना शिक्षक कर्मचारीहरुको कोरोना बीमा गरि दिएको हो ।

हिसान रुपन्देहीले जिल्लामा आबद्ध ५४ वटा विद्यालयमा आवद्ध शिक्षककर्मचारीहरुलाई स्वास्थ्य समस्या नहोस भनेर कोरोना संगठनकोतर्फबाट कोरोना बीमा गरि दिएको हिसान रुपन्देहीका अध्यक्ष कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । लामो समयसम्म शैक्षिक सस्था हरु बन्द हुदा र शैक्षिक सस्थाहरुमा देखिएको थप आर्थिक भारलाई कम गर्ने उदेश्यले सस्थाको प्रगतिका निमित्त हरपल खटिरहने शिक्षकहरुको कोरोना बीमा गर्ने निर्णय हिसान आबद्ध प्राचार्यहरु,जिल्ला कार्यसमिति,केन्द्रिय पधाधिकरी लगायत को अनलाइन बैठक बसेर उक्त निर्णय लिएको पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार बुटवलमा रहेको सगरमाथा इन्स्योरेन्स कम्पनी मार्फत उक्त बीमा गरिएको हो । बर्तमान अवस्थामा शैक्षिक संस्था संचालन हुन नसक्ने भएकाले हिसानसँग आवद्ध विद्यालयहरुले बैकल्पिक माध्यमबाट शैक्षिक कृयाकलापलाई अगाडि बढाएको समेत उहाँले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया