कांग्रेस उपसभापति गिरीको मृत्युबारे छानविनको माग गर्दै सर्वदलीय सर्वपक्षिय धर्ना

२३ भाद्र २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


रन्जीत शर्मा – नवलपरासी , भाद्र २३। पश्चिम नवलपरासी नेपाली कांग्रेसका उपसभापति स्व।सुभाष चन्द्र गिरीको अप्रत्यासित निधन भएकोमा घटनाको सत्यतथ्य छानबिनका लागी सर्वदलिय एंव सर्व पक्षीय संघर्ष समितिले आज नवलपरासी पश्चिम जिल्ला प्रशासन कार्यलय मुल गेट अगाडि १ घण्टा धर्ना प्रदर्शन गरेको छ।

धर्ना कार्यक्रममा नेकपा, नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वतन्त्र राजनीतिक समूह, नागरिक समाज लगायत सघं संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । नागरिक समाज एवंम् सम्पुर्ण सघं संस्थाको तर्फबाट कैलाश ठाकुर,स्वतन्त्र राजनितिक समुह प्रतिनिधि राधेरमण पान्डे,समाजवादी पार्टी प्रतिनिधि धरेन्द्र यादव,राष्ट्रिय प्रजातन्त्र पार्टी प्रतिनिधि रामभवन यादव,नेपाली कांग्रेस प्रतिनिधि एवंम् प्रदेश सभासद बैजनाथ कलवार,ने क पा प्रतिनिधि बिरेन्द्र यादवले कार्यक्रममा आफ्ना धाराणाहरु राख्नु भएको थियो। उक्त कार्यक्रममा नागरिक समाज लगायत सबै पार्टीको तर्फबाट बोल्ने अधिकान्स प्रतिनिधिहरुले कोरोना संक्रमणको कारण देखाउँदै मृत्यु भएको घटना शंकास्पद रहेको भन्दै घटनाको छानविन गरी दोषिलाई कारवाहीको माग गरेका थिए।

सम्पुर्ण जिल्लाबासीको चासोको बिषय बनेको भन्दै उक्त कार्यक्रममा नेपाली कांग्रेसका प्रतिनिधि एवंम् प्रदेश सभासद बैजनाथ कलवारले स्व गिरीको उपचारको क्रममा लापरवाहि भएको,अप्रेशन अगाडि पिसिआर चेकजाचॅं न भएको,अप्रेशन पछि स्वास्थ्य सुधार हुनु साटो शरिरमा ईन्फेक्सन बढेर झन जटिल भएको,निजि अस्पतालमा कोरोना चेकजाचॅं गराएको र केहि दिनमै मृत्यु भएकोमा घटना शकांस्पद रहेको भन्दै सत्यतथ्य छानबिन गरेर दोषी जो कोहि भएपनि पत्ता लगाएर कारवाहीको दायरामा ल्याउन र परिवारलाई क्षतिपुर्तिको ब्यवस्था गर्न माग गर्नु भएको र माग पूरा नभए अन्य आन्दोलनका कार्यक्रमहरु गर्न बाध्य हुने बताएका थिए ।यस अघि मिति २०७७र५र२१ गतेका दिन सघंर्ष समितिले माग गरेका बिषयमा बेवास्ता भएकाले आन्दोलनका कार्यक्रम प्रमुख जिल्ला अधिकारी समक्ष जानकारि पत्र मार्फत घोषणा गरेको थियो। स्व गिरीको रुपन्देहि भैरहवा स्थित यूनिभर्सल कलेज अफ मेडिकल साईन्सेसमा उपचारका बेला चरम लापरवाहि भएको र सोहि कारण मृत्यु भएकाले उपचारमा सग्लंन्न चिकित्सक एवंम् प्रसाशनलाई कारवाहिको माग सहित सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउॅंदै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएता पनि सो माग प्रति बेवास्ता भएकाले उक्त पत्र मार्फत सघंर्षका कार्यक्रम घोषणा भएको थियो।

सो पत्रमा २०७७र५र२३ गते मगंलवार बिहान ११ बजे जिल्ला प्रशासन कार्यलय मुल गेट अगाढी १ घण्टा धर्ना प्रदशन गर्ने,०७७र५र२५ गते बिहिबार परासीमा मौन जुलुस गर्ने र ०७७र५र२८ गते आईतवार परासीमा बिरोध जुलुस गर्ने भनेर दबावमुलक कार्यक्रमहरु सार्बजिनिक गरिएको थियो।
त्यस्तै प्रदेशसभा सदस्य माननिय बैजनाथ जयसवाल, जिल्ला समन्वय समितिका प्रमुख,रामग्राम नगरपालिकाका प्रमुख,उपप्रमुख, सरावल गाउँपालिकाका प्रमुख,उप प्रमुखको पनि धर्नामा सहभागिता थियो । नेपाली कांग्रेसका जिल्ला उपभासभापति ३८ वर्षीय सुवाचन्द्र गिरीको साउन २३ गते भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा पित्तथैलीको अपरेशन गरिएको थियो । अपरेशनपछि कोराना संक्रमण देखिएका उनको उपचारका क्रममा बुटवल कोरोना अस्पताल पछी अवस्था नाजुक भए पछी भदौ १ गते ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • गल्याङ जेसिजद्वारा ७५ जना वृद्धवृद्धालाई सम्मान ।
  • सुमन गुरुङको उपचारका लागि आर्थिक सहयोग !
  • आप्रवासी परिवार हक हित मञ्च पश्चिम नवलपरासी र ईन्द्रेणी समाजिक…
  • सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ सरावल पश्चिम नवलपरासीको बैठक…
  • रूवाएर “कहिलै आँखा नभिजाउने” भन्छिउ – गजल
  • राप्तीमा ८ सहकारीले अनुदानको मल विक्रि वितरण गर्न पाउने
  • कांग्रेस वरिष्ठ नेता पौडेल पक्राउ
  • नेकपा सचिवालय बैठक २० मिनेट बसेर सकियो
  • विजनेश ईन्कुवेशन कार्यक्रमको कार्यालय उद्घाटन उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास
  • रोटरी क्लव अफ बुटवलको २८ औं चार्टड नाइट सामाजिक क्षेत्रमा…