पश्चिम नवलपरासीमा एकै दिन ४० जनामा कोरोना पुष्टि

प्रकाशित मिति:

प्रकाश न्यौपाने
भदौ २४ गते
नवलपरासी । पश्चिम नवलपरासीमा एकै दिन ४० जनामा कोरोना संक्रमण देखिएको छ। बुधबार संक्रमण देखिएकामा सबैभन्दा बढी सुनवल नगरपालिकामा ४ वर्षीय बालकसहित २७ जना रहेको जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख गौरब ढकालले जानकारी दिनु भयो ।

संक्रमण देखिएका मध्ये ७ जना प्रहरि छन । सुनवल नगरपालिकास्थित प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहाका रहेका कार्यरत रहनु भएको छ। नगरपालिकाका वडाअध्यक्ष, सोही नगरपालिकामा बस्ने जिल्ला स्तरीय नेता र मुटु अस्तपतालमा उपचारका लागि गएका बिरामीहरुको सम्पर्कमा आएका व्यक्तिहरुलाई गरिएको कन्ट्याक्ट ट्रेसिङका क्रममा कोरोना संक्रमण देखिएको सुनवल नगर प्रमुख भीमबहादुर थापाले बताउनु भयो ।

एकै दिन थपिएका अन्य १३ जनामा पाल्हीनन्दन गाउँपालिकामा ११ र रामग्राम नगरपालिकामा २ जना छन्। हालसम्म जिल्लामा संक्रमित हुनेको संख्या ३ सय १२ जना पुगेको छ। ५ सय ४९ को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। जिल्लामा संक्रमणबाट ३ जनाको मृत्यु भएको छ।