सुनको भाउ फेरि बढ्यो

प्रकाशित मिति:

काठमाडौं : बुधबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।

यसदिन चाँदीको भाउ प्रतितोला १३ सय १५ रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ३ सय रुपैयाँ निर्धारण भएको थियो । यसदिन चाँदीको भाउ प्रतितोला १३ सय १० रुपैयाँ रहेको थियो ।