बि।पि कोइराला स्कुल अफ पब्लिक पोलिसीले सामाजीक काम गरेर बि।पि कोईरालाको जन्म जयन्ति मनायो

२४ भाद्र २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


बुटवल : जननायक बि।पि। कोइरालाको १०७औं जन्म जयन्तिको अबसरमा बि।पि कोइराला स्कुल अफ पब्लिक पोलिसी प्रदेश नम्बर ५ ले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । पब्लिक पोलिसी प्रदेश ५ ले बुटवल २ स्थित श्री शिद्दबाबा दुर्गाभबानी शिबकुमारी सैंजु बृद्धाश्रममा खाद्य तथा स्वास्थ्य सामाग्री बितरण कार्यक्रम सम्पन्न गरेको हो । बिपि कोइराला स्कुल अफ पब्लिक पोलिसी प्रदेश न ५ का संयोजक अर्जुन खनालको सभापतित्व, तथा नेबिसंघका पुर्ब केन्द्रिय सदस्य टंक पाण्डेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेविसंघका नेता सुरज क्षेत्री, बृद्धाश्रमका ब्यबस्थापक कृष्ण रेश्मि लगाएत बि।पि कोइराला स्कुल अफ पब्लिक पोलिसी प्रदेश नम्बर ५ का पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका महासचिव महेश पाण्डे, उपाध्यक्ष रमेश अर्याल, कोषाध्यक्ष प्रकाश पन्थि र प्रमुख अतिथि नेविसंघ पुर्व केन्द्रिय सदस्य टंक पाण्डे लगाएतले मन्तब्य राख्नु भएको थियो । भौतिक दुरी कायम गरि गरिएको कार्यक्रममा नुन,तेल, चामल जस्ता खाद्य सामाग्रीको साथमा मास्क, स्यानेटाईजर लगाएतका स्वास्थ्य सामाग्री आश्रमलाई हष्तान्तरण गरिएको थियो ।

यस्तै कोरोनाको संक्रमणबाट बच्न सर्तक रहन अनुरोध गर्दै पब्लिक पोलिसी प्रदेश ५ ले बुटवलको योगीकुटी, राजमार्ग चौराहा, विपिचोक, गोलपार्क लगाएतका स्थानमा सचेतना मुलक ब्यानर लगाएको छ । कोरोनाबाट आफु पनि बचौ अरुलाई पनि बचाउँ, भौतिक दुरी कायम राखौं जस्ता नाराहरु लेखिएका ब्यानरहरु विभिन्न इ रिक्सा पनि लगाईएको छ । लकडाउनले मात्र कोरोना नियन्त्रण संभव नएको बताउँदै जनचेतना ब्यापक बनाउन विभिन्न संघसंस्था सक्रिय हुनु पर्ने सन्देश प्रवाह गर्न र सामाजिक उत्तरलायित्व पुरा गर्न विपीको जन्मजयन्तिको अवसरमा यस किसिमका कार्यक्रमको आयोजना गरिएको संयोजक अर्जुन खनालले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया