ढोरपाटनका बाढी पीडितलाई मल्मबासीको आर्थिक सहयोग ।

२४ भाद्र २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


कौरव खत्री ,बागलुङ २४ भाद्र । बागलुङ गलकोट नगरपालिका वडा नं ७ मल्मबाट ढोरपाटनका बाढी तथा पहिरो पिडितहरुलाई १ लाख, ३५ हजार, २ सय ४२ रुपैयाँ राहत सहयोग प्रदान गरिएको गलकोट नगरपालिका ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए । ढोरपाटन नगरपालिकाको कार्यालयमा एक कार्यक्रमका बिच राहत रकम हस्तान्तरण गरिएको हो ।

रातह सहयोग रकम अन्तर्गत गलकोट नगरपालिका ७ नं. वडा कार्यालय रु १५ हजार,सिर्जनशिल आमा समुह आँगाखेतबाट रु.१५ हजार,मुलपानी सप्ताहघाट महिला समुह खोलापारीबाट रु. १०हजार,२० रुपैया,घुम्टे प्रगति कृषि समुह मल्मबाट रु १०हजार,जनहित कला केन्द्र मल्मबाट रु १०हजार, चिसापानी आमा समुह बामिया रु १०हजार,राम्चेढुङ्गा पर्यटन विकास केन्द्र मल्मबाट रु. ९हजार,५सय,घुम्टे युवा परिवार मल्मबाट रु.५हजार,५सय, नाच्ने डाँडा संरक्षण समाज मल्मबाट रु. ५हजार,१सय,फुलबारी आमा समुह मल्मबाट रु ५हजार,५रुपैया,मिलीजुली महिला समुह मल्मबाट रु ५हजार,५रुपैया,

जनहित कृषि समुहबाट रु. ५हजार,नौमती बाजा समुह मल्मबाट रु. ५हजार,महिला जागरण केन्द्र मल्मबाट रु. ५हजार,दलखम विश्वकर्मा समाज मल्मबाट रु. ५हजार,झिर्काटापु सामुदायिक वन उपभोक्ता समुह मल्मबाट रु. ५हजार,नाच्नेडाडाँ आमा समुह मल्मबाट रु २हजार,दिपशिखा आमा समुह झिर्काबाट रु. २हजार,भ¥याङ सामुदायिक वन उपभोक्ता समुह मल्मबाट रु. २हजार,टिका कुमारी घिमिरे आगाखेतबाट रु. १हजार,५०रुपैया,यशोधा थापा आगाखेतबाट रु. १हजार,५०रुपैया,हिमा केसी आगाखेतबाट रु १हजार,१०रुपैया र धन कुमारी बस्नेत आगाखेतबाट रु. १हजार गरि कुल जम्मा १ लाख, ३५ हजार, २ सय, ४० रुपैयाँ नगद रकम ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीलाई हस्तान्तरण गरिएको जिल्ला समन्वय समिति बागलुङका सदस्य दल बहादुर थापाले बताए ।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले नगरको पीडामा साथ र हौसला प्रदान गर्ने मल्मबासी लाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा थप सहकार्य आवश्यक रहेको उल्लेख गरे । सोहि अवसरमा गलकोट नगरपालिका वडा नं ७ का जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, आमा समूहका प्रतिनिधिहरू, ढोरपाटन नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । गत भाद्र १७ गते राती अविरल बर्षासँगै आएको बाढी पहिरोले ढोरपाटन नगरपालिकाको बोबाङकमा ठूलो जनधनको क्षति पु¥याएको थियो । ढोरपाटन नगरपालिका विभिन्न स्थानामा रहेका धेरै घरपरिवार पूर्ण क्षति पु¥याएको छ भने बाढी पहिरोले विद्यालय,विद्युत र झोलुङ्गे पुल समेतमा क्षति पु¥याएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया