विपीको योगदान र दुरदर्शीताले बहुदलिय व्यबस्था र लोकतान्त्रीक संविधान निर्माण भयो : काँग्रेस सभापती देउवा

प्रकाशित मिति:

बुटवल,भदौ २४ – नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले काँग्रेसका संस्थापक नेता स्व विपि कोइरालाकै योगदान र दुरदर्शीताका कारण मुलुकमा बहुदलिय व्यबस्था स्थापना भइ संविधान सभाबाट लोकतान्त्रिक संविधान निर्माण गर्न सफल भएको बताउनु भएको छ । पुर्व प्रधानमन्त्री समेत रहेका सभापती देउवाले विपिको प्रजातान्त्रिक समाजबादको सिद्धान्त, नीति तथा बिचारकै जगमा टेकेर मुलुक यहाँ सम्म आएकाले विपिका ती सिद्धान्त र बिचारहरुलाइ भुल्न नसकीने बताउनु भयो ।

नेपाली काँग्रेस रुपन्देहीले विपिको १०७ औ जन्मजयन्तीको अबसरमा आयोजना गरेको जननायक विपि कोइरालाको प्रजातान्त्रिक समाजवाद ,नेपाली काँग्रेस र नेपालको राजनीतिक अबस्था बिषयक भर्चुअल अन्तरसम्बाद कार्यक्रममा बोल्दै देउवाले विपिले लिएको नीति र सिद्धान्तको महत्व झन बढेर गएको बताउनु भयो । कोरोनाले आम नगारिकको जीवन तहसनहस बनाउन लाग्दा समेत कम्युनिष्ट सरकारले त्यसको सम्बोधन नगरी भ्रष्टाचारमा लिप्त रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा बोल्दै पार्टीका महामन्त्री सशांक कोइरालाले ठुलो मान्छे भन्दा पनि असल मान्छे बन्नु पर्ने विपिको दर्शनलाइ सबैले आत्मसाथ गर्नुपर्नेमा जोड दिनुभयो । ।प्रजातन्त्रकालागि विपिले धेरै दुख गरेको स्मरण गर्दै उनले लामो समय जेलनेल सहनु परेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा पार्टीका पुर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले विपि काँग्रेसकालागि मात्रै नभइ सबैकालागि उदाहरणीय र प्रेरणााको श्रोत रहेको बताउनु भयो । किसानको देश भनेर नेपाल अहिले श्रमिकको देश भनेर चिनीन थालेको र तीनै श्रमिक बर्गको उद्यार र व्यवस्थापनमा सरकार महामारीका बेला उदासिन रहेको नेता सिटौलाले बताउनु भयो । कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विपि र काँग्रेस एक अर्काका पर्याय रहेको बताउनु भयो । नेता खाँणले दुइ तिहाइको सरकारले संविधान प्रदत्त अधिकारलाइ समेत निश्तेजा पार्दै मानवअधिकार,प्रेस स्वतन्त्रता जस्ता नागरिकका मौलिक अधिकार संकुचन गर्न खोजेको बताउनु भयो । महामारीका बेला आम जनताले सरकारको अनुभुती गर्न नपाएको नेता खाँणले बताउनु भयो ।

प्रतिनिधि सांसद तथा सार्वजनिक लेखा समिति सभापती भरतकुमार शाहले जनता कोरोनाको महामारीसंग जुझीरहेका बेला सरकारले स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार गरीरहेको बताउनु भयो । सांसद तथा उद्योगपती बिनोद चौधरीले विपि उदार अर्थनीतिका परिकल्पनाकार भएको बताउनु भयाउनु भयो । काँग्रेसको उदार अर्थ नीतिकै कारण बिस्तारै उकालो लागेको देशको अर्थतन्त्र कम्युनिष्ट सरकारकै कारण ओरालो लागेको बताउनु भयो । काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाक,पुर्व सभापती रामचन्द्र ढकाल,उपसभापती फणेन्द्र शर्मा, सचिव रामकृष्ण खाँण,क्षेत्र नं. १ का क्षेत्रीय सभापती हिराबहादुर खत्री,बुटवल नगर सभापती खेलराज पाण्डेले बोल्दै २००७ सालमा विपिकै नेतृत्वमा भएको आन्दोलनले नेपालमा प्रजातन्त्रको उदय भएको र विपिको प्रजातान्त्रिक समाजबादको महत्व झन बढेर गएको बताउनु भयो । वक्ताहरुले पार्टीका नेताहरुमा भावनात्मक एकता आवश्यक रहेको पनि औल्याएका थिए ।कार्यक्रममा जुम एप्सको होष्ट नेपाल बिद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष मुक्तीराज पौडेलले गर्नु भएको थियो ।