स्याङ्जाको वडा—वडामा विपी सम्झदै

२४ भाद्र २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


श्रीकृष्ण सिग्देल -स्याङ्जा—२५ भदौ , कोरोना भाईरसले मुलुकलाई चुनौती दिइरहेका बेला नेपाली काँग्रेसका आदर्श पुरुष विपी कोइरालाको १०७ औ जन्मजयन्ती नेपाली काँग्रेस स्याङ्जाले मनाएको छ । कोरोना संक्रमणका कारण बन्दाबन्दी भएकाले नेपाली काँग्रेस स्याङ्जाले सामाजिक दुरी कायम गरी हरेक वडामा मनाउने निर्णय अनुसार विपी जयन्ती मनाएको हो । जिल्लाको ९७ वडामा नेपाली काँग्रेसका संस्थापक नेता विपीको सम्झना र उनले देखाएको बाटोको चर्चा गर्दै मनाइएको नेपाली काँग्रेस स्याङ्जाले जनाएको छ । विपीको नाम बेच्ने मात्रै काम भएको भन्दै विपीले दिएको सिद्धान्त र नीतिलाई काँग्रेसले पछिल्लो समय भुल्दै जान थालेको कार्यकर्ताहरुले दुखेसो पोखेका छन् । विपीले दिएको मार्ग निर्देशनलाई काँग्रेसले अक्षरस पालना गर्न नसक्दा काँग्रेस कमजोर हुने अवस्थामा पुगेको भन्दै स्याङ्जाका कार्यकर्ताहरुले नेतृत्वको आलोचना गरे ।

विपीको नाम भजाउने काम मात्रै नेतृत्वले गर्ने अनि गुटको राजनीतिले बाटो लिने कामको अन्त्य नभए सम्म विपीले खोजेको काँग्रेस नहुने जिल्लाका कार्यकर्ताहरुको भनाई थियो । विश्वले मानेका महामानव विपी कोइरालाले देखाएको बाटो विर्सनु नै काँग्रेसको भविष्य प्रतिको चिन्ता हुन थालेको औल्याएका थिए । गुटै गुटमा अल्झिएर पाटीनै सकाउने खेल नेतृत्वतह बाटै हुन थालेको छ काँग्रेसका युवा नेता नेत्रप्रसाद पाण्डेले भने,“पाटी भन्दा व्याक्ति बलियो हुने परम्परा बस्नु संगठनका लागि दुर्भाग्य हो ।” गुटको राजनीति अन्त्य गरेर पदिय दायीत्वमा रहनेहरु सच्चिनु पर्ने आजको आवश्यकता हो उनले भने । व्याक्ति भन्दा पाटी बलियो बनाउने अभियानको थालनी भयो भने मात्रै काँग्रेस पाटीले जिवनतता पाउने पाण्डेको भनाई छ ।

कोभिड १९ को नाममा सरकारले गरेको भष्ट्रचारका चाङ्गैचाङग हुदा पनि काँग्रेसले एक शब्द पनि उच्चारण गर्न नसक्नु मुलुक र काँग्रेसका लागि घातक सावित भएको कार्यकर्ताको ठहर छ । विपीका विचार आज पनि सान्र्दभिक छन् जब—जब मुलुकमा काँग्रेस कमजोर हुन्छ तब देश कमजोर हुन्छ भन्ने उदाहरण देखिन थालेको छ । त्यसै भएर काँग्रेस संसदीय व्यवस्थामा कम संख्यामा छ अर्का युवा नेता लक्ष्मण अधिकारीले भने,“पाटीलाई भन्दा व्याक्तिलाई हावी बनाउन खोज्दा परिणाम मुखी देखिएन ।” नेपाली जनताले आशा मानेको लोकतान्त्रिक पाटी कमजोर हुदै गर्दा सत्ताको उन्मादमा कम्युनिष्टहरु संस्थागत भष्ट्रचारमा उदृत भए उनले भने । विपीको विचार र पाटीको नीतिलाई संस्थागत बनाउन नसक्दा देशभरीका कार्यकर्ता निरास भएको बताएका थिए । वडागत रुपमा विपीलाई सम्झदै मनाइएको १०७ औ विपी जयन्तीमा कार्यकर्ताले कोरोना संक्रमणबाट जोगिन सबै स्याङ्जावासीलाई आग्रह गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै
  • कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका…
  • विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना छैन : अर्थमन्त्रि पौडेल
  • अदालतको काम संविधानको रक्षा गर्ने तथा व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने…
  • पुर्वाग्रहबीना सदस्यता सिफारिस गर्न प्रेस युनियन रुपन्देहीद्धारा महासंघको ध्यानाकर्षण
  • रुपन्देहीको सियारी गाउँपालिकामा खरका छाना विस्थापित गरिने
  • धुर्कोट प्रमानन्द भण्डारी बहुमुखी क्याम्पसको १२ औँ बार्षिकोत्सव सम्पन्न
  • महिला स्वास्थ्य स्वयंसेविकाहरु लाई साईकल प्रदान
  • बैमानी छौकी छैनौ बाइ” लामो समयपछि सार्वजनिक
  • शितगंगामा बाबू द्धारा छोरी हत्या