चन्द्रकोट गाउँपालिका गुल्मीले चन्द्रकोट बुलेटिन प्रकाशन गर्ने

२४ भाद्र २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


मनोज कार्की  भाद्र २४, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकाले मासिक ई बुलेटिन प्रकाशन गर्ने भएको छ । ई बुलेटिनमा पहिलो अंक आउँदो आइतबार सम्म प्रकाशन हुने चन्द्रकोट गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले प्रकाशन गर्ने लागेको मासिक ई बुलेटिनको पहिला अंकमा ऐतिहासिक पृष्ठभुमि , गाउँपालिकाको परिचय , गाउँपालिकाका संगठन तथा संमरचना कर्मचारी तथा वडाको विवरण समाबेश गरिने चन्द्रकोट गाउँपालिकाका अध्यक्ष दोर्ण खत्रीले जानाकारि दिएका छन् ।

ई बुलेटिनमा प्रकाशित हुने सम्र्पुण अंक गाउँपालिकाको वेबसाईट तथा फेसबुकमा राखिने र मासिक रुपमा प्रकाशित गरिने ई बुलेटिनको नाम चन्द्रकोट बुलटिन राखिने गाउँपालिका अध्यक्ष खत्रिले बताए । प्रत्येक नागरिकले गाउँपालिका सुचना पाउने हक भएकाले गाउँपालिकाको पँजिगत चालुको खर्च बिवरण , सार्बजानिक निकायले काम कार्वाहिको बारेमा जानाकारी , गाउापालिकाले गरेका सम्पुर्ण गतिबिधि समाबेश गरि ई बुलेटिन सार्बाजानिक गर्ने चन्द्रकोट गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारीले बताए ।  गाउँपालिकाको सम्र्पुण जानाकारी नागरिकले घरमै बसेर पनि अध्ययन गर्ने सक्ने भएकाले यो माध्यम नागरिकको लागि प्रभाबकारी माध्यम बन्न सक्ने प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताए । गाउँपालिकाले आफ्नो लोगो निर्माणको प्रस्ताव अगाडि बढाएको छ ।

गाउँपालिकाले प्रकाशन गर्ने चन्द्रकोट बुलेटिनमा संरक्षक प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारी , संयोजक गाउँपालिकाका सुचना प्रबिधि अधिकृत कृष्ण प्रसाल गौतम , शिक्षा अधिकृत नयन सिंह ठकुरी,अधिकृत छैटां शिबलाल ज्ञवाली रोजगार संयोजक यज्ञमुर्ति न्यौपाने सल्लाहकार रहने भएका छन् । कम्प्युटर अपरेटर सुमित्रा भण्डारी र पवन पोखरेल सदस्य रहने बुलेटिनको प्रकाशक चन्द्रकोट गाउँपालिका रहने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया