बिपि जयन्तीमा तरुण दल, नेविसंघ र बिपि मन्च कपिलबस्तु द्वारा विद्यालयलाई सहयोग

प्रकाशित मिति:

२४ भदौ, कपिलबस्तु । बाणगंगा नगरपालिका वडा ९ भलवाडको श्रीराम आधारभूत विद्यालय पडरियामा १०७ औं बिपि जयन्तीको अवसमार ५० हजार बारबारको शैक्षिक समाग्री हस्तान्तरण गरिएको छ ।  बिपि कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा एक कार्यक्रमका बीच मंगलबार बिपि कोइराला युवा नेतृत्व विकास मंन्च कपिलवस्तु, तरुण दल र नेविसंघ कपिलवस्तुले १५ थान कुर्सी ४ थान पंखा, १ थान टेबुल १ थान दराज गरि करिब करिब ५० हजार बराबरको शैक्षिक सामाग्री हस्तान्तरण गरिएको नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले जनकारी दिनुभयो । शैक्षिक सामाग्री हस्तन्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधी सभा सदस्य अतहर कमाल मुसलमानले बिपिले गरेको योगदानलाई नेपालीहरुले कहिल्लै भुल्न नहुने जिकिर गर्नुभयो । उहाँले बिपिले देखाएको बाटोमा हिड्न सके मुलुकलाई शन्ति समृद्धि र विकासको गतिमा छिट्टै लैजान सकिने बताउँदै यस विद्यालय र भलवाडको समग्र बिकासका लागि आफू लागिपरेको र अबका दिनमा पनि लागि पर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा विशिष्ठ अतिथी महासमिति सदस्य हरिराज घिमिरे, तरुण दल जिल्ला सभापति शक्ति सिंह ठकुरी, नेका जिल्ला सदस्य रबि काफ्ले, नेका वडा सभापति दिपक थापा,  विद्यालयका प्रअ ओमलाल गिरि, विद्यालय व्यवस्थापन समितका अध्यक्ष चुरामणी अर्याल लगायले मन्तब्य राख्नुभएको थियो ।
भने कार्यक्रममा नेका महासमिति सदस्य दुर्गा सेन नेका जिल्ला सदस्य देबेन्द्र रायमाझी, शिक्षक महासंघका जिल्ला अध्यक्ष दिना सुवेदी ,तरुण दलका छेत्रीय सभापति तिलक थापा, सचीव गोबिन्द आचार्य, सहसचिव सुशील सिंह ठकुरी, सदस्यहरु दिपक शर्मा, किरन ठकुरी, नगर सभापति सुरेश सेन, नेका छेत्रीय सदस्य खिम थापा नेका बाणगङ्गा–३ का वडा सभापति खिमानन्द पाण्डे, तरुण नेता रमेश मल्ल, लक्ष्मि कुंवर सुरज ठकुरी त्यसैगरी नगर कार्यपालिका सदस्य केशरा गुरुङ, नेका वडा सहसभापती दिनामणी आचार्य, प्रेम बहादुर घिमिरे लगायत शिक्षक स्टाफ विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका लागि शैक्षिक सामाग्री समाजसेवी तथा नेता कृष्ण पराजुली, ओमकार आचार्य, मित्र कडेल र खिमानन्द घिमिरे, कृष्ण बेल्बासेले सहयोग गर्नुभएको थियो । भने कार्यक्रम वि.वि नेतृत्व विकास मंञ्च जिल्ला अध्यक्ष राममणि पौडेलको अध्यक्षता, नेविसंघका दिनेश छेत्रीको स्वागत तथा क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलको संचालनमासम्पन्न भएको थियो ।