किशोरीहरुलाई आत्मनिर्भर बन्न आर्थिक सहयोग

प्रकाशित मिति:

रन्जीत शर्मा- नवलपरासीर २४ भाद्र । विश्वरभर फैलिएको कोरोना भाइरस कोभिड(१९ को महामारीको चपेटामा परि ब्यापार, ब्यवसाय लागएत आर्थिक उपजका श्रोत नै धरापमा परिरहेको कुरालाई मध्यनजर गर्दै संवाद किशोर किशोरी सञ्जाल सरावल गाउपालिकाको आयोजना तथा एबिसि नेपाल र स्ट्रोम फाउन्डेसन नेपालको सहयोगमा बुधबार एक कार्यक्रमका बीच किशोर किशोरीलाई पशुपालनका लागी आर्थिक सहयोग गरेको छ । पश्चिम् नवलपरासीको सरावल गाउपालिका स्तरिय सवांद किशोर किशोरी सञ्जालका अध्यक्ष महेश यादवको अध्यक्षता तथा सरावल गाउपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यता एवं सरावल गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलको विशिष्ट आतिथ्यतामा समपन्न कार्यक्रममा सो आर्थिक सहयोग गरिएको हो ।

कार्यक्रममा संवाद किशोर किशोरी सञ्जालका ९ जना किशोरीहरुलाई प्रति किशोरी २० हजारका दरले १ लाख ८० हजार रुपिया बाख्रा पालनको लागीसहयोग गरिएको सवांद किशोर किशोरीसञ्जालका अध्यक्ष महेश यादवले बताउनुभएको छ । साथै उहाँले किशोरीहरुलाई पशुपालन तर्फ आत्मनिर्भर बनाई उनिहरुलाई ब्यवसायीकरण गर्नको लागी यस किसिमको सहयोगको आवशयक रहेको हुदा सहयोगी सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै आगमी दिनहरमा पनि यस किसिमको कार्यक्रम ल्याउने कुरा माथि आफु विश्वस्त रहेको बताउनुभयो थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरीले महामारीका बेला पनि किशोरीहरुलाई आर्थिक सहायता गरि पशुलापन तर्फ अग्रसर गर्न महत्वपुर्ण भुमिका खेलने सबैको आभार प्रकट गर्दै अध्यक्ष चौधरीले यदी पशुपालन तर्फ किशोरीहरुलाई जागरुक गराउन सकिए सरावल गाउउपालिकामा पशुपालनको सम्भावना प्रबल रहेको बताउनुभयो

कार्यक्रममा सरावल ४ नं। वडाका वडा अध्यक्ष छोटेलाल यादव, ५ नं।वडाका वडा अध्यक्ष दिनेश सहानि, ६ का वडाका वडा अध्यक्ष कैलाश यादव र वडा सदस्य जयन्ती सहानि, समाजिक अभियानता ईजहार मोहमद शेष, एबिसि नेपालकी साईदा निशा पठान लगाएतको आतिथ्यता रहेको कार्यक्रममा संवाद किशोर किशोरी सञ्जालका कोषाध्यक्ष सन्दिप बिकले स्वागत मन्तब्य राख्नुभएको थियो ।