स्याङ्जामा पाँच कर्मचारीसहित १२ जनामा कोरोना

२५ भाद्र २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


स्याङ्जा, भदौ २५ : स्याङ्जाको पुतलीबजारमा बिहीबार १२ जना कोरोना भाइरसको संक्रमण देखिएको छ। कन्ट्याक्ट ट्रेसिङका क्रममा उनीहरुलाई संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय, स्याङ्जाले जनाएको छ। थपिएका संक्रमितमा पाँच जना कर्मचारी रहेका छन्। संक्रमित हुनेमा पाँच महिला र सात पुरुष छन्।

उनीहरु २५ देखि ६० वर्षसम्मका छन्। थपिएको कर्मचारीमा चार जना मालपोतका कर्मचारी, एक जना पुतलीबजार नगरपालिकाका कर्मचारी पनि छन्। त्यस्तै, सात जना समुदायकै रहेको नगर स्वास्थ्य प्रमुख बिष्णुप्रसाद काफ्लेले बताए। योसँगै स्याङ्जामा कोरोना संक्रमितको संख्या तीन सय ४९ पुगेको छ। उनीहरुमध्ये तीन सय आठ जना निको भएका छन् भने दुई जनाको मृत्यु भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विद्युत प्रणालीको समस्या तत्काल सम्बोधन गर्न ऊर्जामन्त्रीको निर्देशन
  • जलविद्युत कम्पनीहरुको माग बढ्दा कारोबार र अधिकांसको मूल्य बढ्यो
  • केएल राहुलले बनाए शतक, बैंगलोरले पायो २०७ रनको लक्ष्य
  • बुटवलको कोरोना अस्पतालमा एक महिलाको मृत्यु
  • केएल राहुलले सचिन तेन्दुललकरको रेकर्ड तोड्दै बने आईपीएलमा सबैभन्दा छिटो…
  • वालिङ नपाद्वारा दुःख ब्यक्त
  • पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गयो, ठाउँ–ठाउँमा सडक बन्द
  • उपचार खर्च नहुर्दा अस्पतालमै खाड रेम लाल परियार सहयोगको अपिल
  • बबईमा सामुदायिक बिद्यालयको अनुगमन
  • पश्चिम नवलपरासीका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु प्रकाश