नवलपरासीमा न्यायको माग गर्दै सर्वदलीय प्रदर्शन

प्रकाशित मिति:

प्रकाश न्यौपाने
भदौ २५ गते
नवलपरासी । नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीका उपसभापति सुभाष चन्द्र गिरिको उपचारमा लापरबाही भएका कारण मृत्यु भएको दाबी गर्दै न्यायको माग गर्दै परासीमा आज प्रदर्शन भएको छ। जिल्ला प्रशासनले जुलुस र प्रदशनका लागि निषेधाज्ञा लागाए पनि निषेधाज्ञाको अवज्ञागर्दै पश्चिम नवलपरासी जिल्लाका राजनीतिक दलहरुले बिहिवार सदरमुकाम परासीमा जुलुस प्रर्दशन गरिएको छ । कोरोना संक्रमणको कारण देखाउँदै मृत्यु भएको घटना शंकास्पद रहेको भन्दै घटनाको छानबिन गरी दोषिलाई कारबाहीको मागगर्दै मगलबार जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना समेत दिएका थिए ।


नेपाली कांग्रेसका जिल्ला उपभासभापति ३८ वर्षीय सुवाचन्द्र गिरीको साउन २३ गते भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसमा पित्तथैलीको अपरेशन गरिएको थियो । अपरेशनपछि कोराना संक्रमण देखिएका उनको उपचारका क्रममा भदौ १ गते पाटन अस्पतालमा मृत्यु भएको थियो । सोही घटनाको छानविनको मागगर्दै उनीहरुले धर्ना दिएका हुन् ।
जिल्लाका राजनीतिकदल, स्थानीय तहका प्रमुखसहित बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयले भेला, जमघट र भिडभाडलाई पूर्ण प्रतिबन्ध लगाउँदै निषेधाज्ञा जारी गरिएको छ । तर जिल्लाका राजनीतिक दल र जनप्रतिनिधिहरुले नै उक्त निर्णयको अवज्ञा गरेको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताउनु भयो ।‘आफैले गरेको निर्णय उल्लंघन गरेर धर्ना दिने सम्बन्धित पक्षले नै जनतालाई के भनेर कार्यान्वयन गराउँलान ? म पनि अचम्मित छु ।’ प्रजिअ पाठकले भन्नू भयो । प्रदर्शनमा करिब १ सय जनाको सहभागिता थियो । जिल्लामा दैनिजसो कोरोना संक्रमणका बिरामीहरु बढ्दै गएका छन् ।
मृतक गिरीको पीसीआर नगरी अप्रेशन गर्नु र अप्रेशनमा समेत लापरबाहीको आरोपलगाउँदै राजनीतिक दल र परिवारजनले साता दिनअघि ज्ञापन पत्र दिएर घटनाको निष्पक्ष छानविन गरी कारबाही गर्न माग गरेका थिए । माग पूरा नभएको भन्दै प्रशासनमा धर्ना र जुलुस प्रर्दशन गर्नु परेको नेपाली काङ्ग्रेस नवलपरासी पश्चिमका सभापति बिष्णु प्रसाद पौडेलले बताउनु भयो । प्रदर्शन पछि आयोजित कोणसभामा बोल्ने पार्टी प्रतिनिधि र जनप्रतिनिधिहरुले माग पूरा नभए थप आन्दोलनका कार्यक्रम गर्ने घोषण गनु भएको छ ।
धर्नामा नेकपा, नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, स्वतन्त्र राजनीतिक समूह, नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता छ ।