स्याङ्जामा ३ सय ४९ कोरोना संक्रमित

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल ,स्याङ्जा—२५ भदौ – कोरोना मुक्त तयारीमा रहेको स्याङ्जा एकसातामै कोरोना संक्रमित बढेको छ । १ जना मात्रै संक्रमितले आईसोलेसनमा उपचार गराईरहेका बेला एकसातामा ३४ जना संक्रमित थपिएका छन् । थपिएका सबै संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङ्बाट आएका हुन् । हाल जिल्लामा ३९ जना संक्रमितले आइसोलेसनमा उपचार गराइरहेका छन् । ३ सय ४९ संक्रमित पुगेको जिल्लामा ३ सय ८ जना निको भएर घर फर्केका छन् । जिल्लाको ११ पालिका मध्ये सबै भन्दा कोरोना जोखिममा पुतलीबजार नगरपालिका रहेको छ भने वालिङ नगरपालिका कोरोनामुक्त नगर रहेको छ । पुतलीबजारमा बिहीवार १२ जना कोरोना संक्रमित थपिएका छन् । थपिने सबै कन्ट्याक्ट ट्रेसिङ्वाट आएका हुन् ।

मालपोतका कर्मचारी, वडा सचिव र संक्रमित जुवाडेका आफन्त सहित १२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा ५ महिला र ७ पुरुष छन् । संक्रमित मध्ये ५५, ३८, ३६, ३१, २५, ४१, ५२ का पुरुष र २७, ३३, ५३, ६०, २६ बर्षिया महिला रहेको प्रादेशिक स्वास्थ्य कार्यालय पोखराले जनाएको छ । संक्रमितका प्रत्यक्ष सम्पर्कमा रहेकाको कन्ट्याक ट्रेसिङ्का आधारमा गरिएको पिसिआर परिक्षणमा १२ जनामा संक्रमण पुष्टि भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।
यसरी थपिनेमा मालपोतका कर्मचारी ४ जना, पुतलीबजार नगरपालिकाका एक जना, समुदायका ७ जना रहेको प्रजिअ क्षेत्रीले बताए । उनीहरुलाई पुतलीबजार स्थित करेन्डाँडा स्वास्थ्य केन्द्र र भीरकोट स्थित कालिका सामुदायिक अस्पतालको आइशोलसनमा राखिएको छ ।

पाँचदिनअघि मालपोतका एक जना कर्मचारी र १९ जना जुवाडेमा कोरोना संक्तमण पुष्टी भएपछि उनीहरुको सम्पर्कमा आएका मध्ये ७५ जनाको कन्ट्याक टे«सिङगरि परिक्षणका लागि पोखरा पठाइएको थियो । बिभिन्न आइसोलेसनमा ३९ जना उपचाररत छन भने करिब २ महिनाअघि कोरोनाका कारण २ जनाको निधन भएको छ ।