रुरु मिलन केन्द्रद्धारा इलाका प्रहरी कार्यालयमा मास्क सहयोग

२५ भाद्र २०७७, बिहीबार ०   बिचार / प्रतिक्रिया


रुरु मिलन केन्द्र नेपालले ईलाका प्रहरी कार्यालय बुटवलमा बिहीवार ५ सय पिस सर्जिकल मास्क सहयोग गरेको छ । फ्रन्टलाईनमा रहेर खटिने प्रहरीलाई मास्क अति आवश्यक पर्ने भएकाले संस्थाले सहयोग गरेको रुरु मिलन केन्द्र नेपालका सचिव अनुपमा श्रेष्ठले बताइन् । गुल्मीको रुरु क्षेत्रका मानिस सम्बद्ध केन्द्रले स्थापना भएको ३ वर्षदेखि विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । सोही क्रममा प्रहरी कार्यालयका डिएसपी प्रतित सिंह राठौर मार्फत प्रहरीलाई मास्क प्रदान गरि सहयोग गरिएको हो ।

मास्क ग्रहण गर्दै ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी प्रतीतसिंह राठौरले केन्द्रले गरेको सहयोगप्रति कृतज्ञता जनाउंदै सामाजिक कार्य गर्ने संघसंस्थाकै आडमा नेपाल प्रहरीलाई हौसला प्रदान भएको बताए । सो कार्यक्रममा रुरु मिलन केन्द्र नेपालका अध्यक्ष जमुना सुवेदी पोख्रेलले प्रहरी कार्यालयमा थप आवश्यक सहयोग चाहिएमा आफुहरु तयार रहेको र यसअघि एन्फा एकेडेमीमा क्वारेन्टाईनमा रहेकालाई आयुर्वेदिक औषधी वितरण, बाढी तथा पहिरो पिडित मानिसलाई खाद्यान्न तथा आर्थिक सहयोग गरेको जनाइन् । मास्क हस्तानतरण कार्यक्रममा कोषाध्यक्ष कुसुम पौडेल समेत को उपस्थिती रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया