धार्मीक तथा पर्यटकीय स्थल कुलपानी जाऔ । आन्तरिक पर्यटकीय स्थलको प्रवद्र्धन गरौ ।

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली – भदौ २५, बडहरा ,देउखुरी दाङ- धार्मीक तथा पर्यटकीय स्थल कुलपानी जाऔ आन्तरिक पर्यटकीय स्थलको प्रवद्र्धन गरौ भन्ने भावनाका साथ गढवा गाउँपालिकाको वडा नं १ मा पर्ने कुलपानी सामुदायिक वन समुहले जिल्लाकै वन समुहमा नमुनायोग्य कार्यको थालनि गरेको छ ।
वन वातावरणको संरक्षण गर्दै पर्या पर्यटनको विकासका लागि सरोकार वालाहरु संगको सहयोगमा वडहरा धार्मीक तथा पर्यटकीय स्थलको विकासमा काम सुरु भैरहेको छ । रमणीय ताल तलैया, धार्मीक मठ मन्दिर तथा आकर्षक बगैचाको परिकल्पनाको साथ उदाहरणीय निर्माण कार्यको थालनि गरिएको छ ।

जिल्लाकै नमुना सामुदायिक वनको रुपमा परिचित वन समुहले स्थानिय गाउँपालिका, वन कार्यालय, उद्योग ब्यवसायी, सहयोगी ब्यक्तिको सहयोगमा हेर्न लाएक पार्कको विकास गरिरहेको छ । सो पार्क स्थापनामा सहयोग गर्न समुहको तर्फवाट सहयोगको आब्हान समेत गरिएको छ । यसै सन्दर्भमा विहिवार सरोकारवाला तथा सम्भावित सहयोग दाताहरु विच छलफल गरिएको छ ।
गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवको प्रमुख आथित्यतामा भएको कार्यक्रममा अध्यक्ष यादवले कुलपानीको यो पर्यापर्यटन अभियान गढवाकै उदारणीय र सुन्दर स्थलको रुपमा विकास भैरहेकोमा खुसी ब्यक्त गर्नु भएको छ ।

अध्यक्ष यादवले कुलपानी धार्मीक तथा पर्यटकीय स्थलको विकासमा गढवा गाउँपालिका लागी पर्ने बताउनु भएको छ । स्थानीय उद्योग ब्यवसायी तथा निर्माण कम्पनीहरुको समेत सहभागीता रहेको छलफलमा आगामी दिनमा सबैले आआफ्नो क्षेत्रवाट उल्लेख्य सहयोग गर्ने समेत प्रतिवद्धता समेत गर्नुभएको छ ।समुहका अध्यक्ष नमराज शर्माले हाल सम्मको कार्य प्रगतिको र सहयोगीहरुको जानकारी गराउदै समग्र दाङ क्षेत्रकै नमुना योग्य धार्मीक तथा पर्यटकीय स्थलको सम्भावना बोकेको कुलपानी क्षेत्रको विकासमा सबैको सहयोगको आब्हान गर्नु भएको छ । कालाकाटे गढवा सडक खण्डको कालाकाटे देखी ४ किलोमिटर पश्चिम पर्ने सो रमणीय क्षेत्रमा समुहले प्राकृतिक सौन्दर्यताको संरक्षण गर्दै ताल, बगैचा, मन्दिर, पार्क, पैदल मार्ग, बन्यजन्तुको संरक्षण, रुख टावर लगायतको संरचनाको संरक्षण गर्दै निर्माणकार्य सुरु गरेको छ ।