बागलुङका बाढीपीडितलाई ढोरपाटन समाज रुपन्देहीले सहयोग जुटाउंदै

प्रकाशित मिति:

बुटवल, २७ भदौ । बागलुङको ढोरपाटन नगरपालिकाका बाढी पीडित नागरिकलाई सहयोग गर्न ढोटरपाटन समाज रुपन्देहीले आर्थिक संकलन अभियान शुरु गरेको छ । ढोरपाटन नगरपालिकाबाट लिखित सिफारिस लिएर समाजले सहयोग रकम संकलन अभियान थालेको ढोरपाटन समाज (तदर्थ समिति) का अध्यक्ष गंगालाल सापकोटाले बताए । बाढी पीडितलाई सहयोग गर्न चाहनेले समाजका पदाधिकारी र सदस्यलाई प्रत्यक्ष भेटेर वा ई–सेवा मार्फत समाजको खातामा रकम जम्मा गर्न सकिने अध्यक्ष सापकोटाले बताए । ईसेवा मार्फत रकम जम्मा गरेर बाढी पीडितलाई सहयोग गर्न चाहनेले मोबाइल एलर्ट नंं. ९८५११०३३६२ मा रकम जम्मा गर्न सक्ने समाजले जनाएको छ । समाजले सहयोग संकलन अभियान थालेको एक दुई दिनमै मनकारी दाताहरुले स्वेच्छिक सहयोग गर्न थालेका सापकोटाले बताए ।

विदेशमा रहेका नेपालीले पनि सहयोग गर्न सक्ने अध्यक्ष सापकोटाले बताए । संकलन भएको राहत रकम ढोरपाटन नगरपालिकाको दैवी प्रकोेप राहत कोषमा जम्मा गरिने र नगरपालिकाले एकद्वार प्रणालीबाट वितरण गर्ने नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताए । ‘यतिबेला ढोरपाटन नगरपालिका ठूलो मानवीय र भौतिक क्षतिका कारण शोक र संकटमा छ, यस्तो बेला सबैको सहयोगको खांचो छ’–नगर प्रमुख नेपालीले भने । हालै आएको बाढीका कारण ढोरपाटन नगरपालिकामा ३१ घर बगाएको र ७० बढी घरमा क्षति पु¥याएको छ । घरहरु बगाउंदा ३८ जनाको ज्यान गएको थियो भने ठूलो मात्रामा भौतिक क्षति भएको थियो । बागलुङको ढोरपाटन नगरपालिका,बडिगाड गाउंपालिका र आसपासका क्षेत्रबाट रुपन्देहीमा बसाई सरेर आएका बागलुङेहरुबीच आपसी भाइचारा सम्बन्ध विस्तार, दुख सुखमा सहकार्य,ढोरपाटनको पर्यटन प्रवद्र्धन र संस्कृति आदान प्रदान गर्ने उद्देश्यले गत वर्ष मात्र ढोरपाटन समाज रुपन्देही गठन भएको समाजका प्रेस सल्लाहकार टोपराज शर्मा (टि.आर.) ले बताए ।