बुटवलको कोरोना विशेष अस्पतालमा नवलपरासीका एक कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति:

प्रकाश न्यौपाने ।                                                     भदौ २६
नवलपरासी। रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक जना संक्रमित युवकको मृत्यु भएको छ ।

नवलपरासी पश्चिमको सुस्ताका ५५ वर्षीय पुरुषको मृत्यु भएको बुटवलको कोरोना अस्पतालले जनाएको छ । अस्पतालले जारी गरेको विज्ञप्तिमा उपचाररत सुस्ता गाउंपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको जनाइएको छ ।

भदौ १९ गते कोरोना पोजेटिभ रिपोर्ट आएपछि अस्पताल भर्ना भइ आईसीयूमा उपचाररत उहाको शुक्रबार बिहान ११ बजे मृत्यु भएको हो । मृतक पुरुषमा कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो । यो सँगै नवलपरासी पश्चिममा मृत्यु हुनेको संख्या ४ पुगेको छ।