पश्चिम नवलपरासीमा आज २४ जनामा कोरोना पुष्टि 

प्रकाशित मिति:
प्रकाश न्यौपाने  
भदौ २६
नवलपरासी । पश्चिम नवलपरासीमा आज एकै दिन २४ जनामा कोरोना पुष्टि भएको छ । जिल्लामा जारी निषेधाज्ञा खुकुलो बनाए संगै कोरोना संक्रमित बढ्दै गैरहेका छन् । जिल्लाको रामग्राम नगरपालिकामा शुक्रबार विहानै १८ जनामा पाल्हिनन्दन गाउपालिकाका २ जना र सुस्ता गाउँपालिकाका ४ जना गरि २४ जना संक्रमीत पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
संक्रमित हुनेमा १४ जना पुरुष र २ जना महिला रहेको स्वास्थ्य कार्यालय प्रमुख गौरभ ढकालले जानकारी दिएका छन् । संक्रमितहरु वडा नम्बर ३ का ५८ वर्षीय पुरुष, वडा नम्बर ५ का २६, २८, २५, ३९, ४१ वर्षीय पुरुष र ३० वर्षीय महिला रहेका छन् ।
वडा नम्बर ६ मा २२ वर्षीय पुरुष, वडा नम्बर १० मा ४०, २५, २७, ४५, ३०, २२ वर्षीय पुरुष र १६ वर्षीय किशोरी, वडा नम्बर ७ मा २८ वर्षीय पुरुष रहेका छन् ।
यो संगै रामग्राम नगरपालिकामा मात्र संक्रमितको संख्या ५४ पुगेको छ । ५४ जना मध्ये ९ जना महिला र ४५ जना पुरुष रहेका छन् ।   जिल्लामा हालसम्म ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना रामग्राम नगरपालिका, १ जना प्रतापपुर गाउँपालिका र १ जना सुस्ता गाउपालिकाका रहेका छन् ।