श्रीमानको क्रियामा बसेर न्याय खोज्दै श्रीमती

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल  –स्याङ्जा २६ भदौ  , गल्याङ नगरपालिका ११ जिमुहाका एकबहादुर स्वमैको मृत्यु प्रकरण रहस्यमय बनेको छ । जिमुहा स्थित गल्कोट माध्यमिक विद्यालयको भवन निर्माण कार्यमा जेलादारी रुपले काम गर्दै आएका सोमैको मृत्यू एकाएक रहस्यमय बनेको हो । मृतक स्वमैकी श्रीमती तुलसीमाय स्वमैले पतिको मृत्यू रहस्यमय रहेको भन्दै खोजी गरिदिन मिडियालाई आग्रह गरेकी छन् । विद्यालयको भवन निर्माणमा काम गरिरहेका स्वमै ट्याक्टर दुर्घट्नामा परेर मृत्यू भएको बिषय बाहिर आएपछि उनको मृत्यू रहस्यमय भएको छ । भवनका लागि आवश्यक पर्ने काठ ट्याक्टरमा लिएर आउदै गर्दा ट्याक्टरबाट खसेर घाईते भएका स्वमैले ट्याक्टरबाट खसेर घाईते भएको श्रीमतीलाई सुनाएका थिए । स्वमैकी श्रमिती तुलसीले ट्याक्टरबाट घाईते भएका मेरा श्रीमान पाल्पा स्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएपछि खेतबाट लडेर निधन भएको रिर्पोट बनेपछि श्रीमानको मृत्यूमा शंका लागेको बताईन् । उनका अनुसार श्रीमानको आँखा झिकिएको र टाउको चिरिएको अवस्थामा आफुले देखेको बताईन् ।

स्वमैको शबलाई पोष्टमार्टम समेत गरिएको छैन । मृतकका परिवारका अनुसार गल्याङ् ११ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकदेव अधिकारीले घट्नालाई लुकाएको आरोप लगाएका छन् । विद्यालयमा निर्माण हुन लागेको भवनको ठेक्का वडा अध्यक्षका छोरा माधव र विनोद अधिकारीले लिएका थिए । दुईलाख दिएर घट्नालाई मिलाउन खोजीएको आरोप मृतकका परिवारको छ । यो घट्नामा जिल्ला प्रहरी कार्यालय पनि बेखर बनेको छ । क्रियामा बसेका परिवारलाई भेट्न गएका गल्याङ्का पत्रकार भुपराज बस्याल सगँ मृतककी श्रीमतीले मेरो पतिको मृत्यूको छानविनको आवाज उठाईदिन आग्रह गरेपछि यो घट्ना रहस्यमय बनेको छ । क्रियामा बसेका बेला न्याय खोज्न कतै जाने वातावरण मिलेन मृतककी श्रीमती तुलसीले भनिन्,“वडा अध्यक्षले न्यायको सबै निकाय म आफै भएको र कहि गएर न्याय नपाउने भनेर धम्काउने गरेका छन् ।

न्याय पाउने कुनै आधार नभएको भन्दै दुई लाख लिएर मिल्न दवाव दिएका छन् उनले भनिन् । पटक पटक रकम लिएर मिल्न आउन दवाव दिन थालेपछि आफ्ना दाजुको मृत्यू छानविनको माग मृतकका भाई कमल स्वमैले बताए । हामीलाई पैसा होइन दाजुको मृत्यूको न्याय हुनुपर्छ कमलले भने,“मृत्यूलाई पैसा सगँ दाजेर न्याय लुकाउन पाईदैन ।” यसको छानविन हुनु पर्छ भन्दै यसमा वडा अध्यक्ष दोशी रहेको उनले बताए । लु २ च ७५७७ नम्वरको ट्याक्टरबाट उनी लडेको परिवारको भनाई छ । यस बिषयमा वडा अध्यक्ष शंकरदेव अधिकारीलाई फोनबाट घट्नाको बारेमा बुझ्ने प्रयास गर्दा फोन सम्पर्क हुन सकेन । घट्नाको सत्यतथ्य छानविन गरि बाहिर ल्याउन स्थानीयले पनि माग गरेका छन् । घट्ना भदौ २२ गते दिउसो भएको बताइएको छ ।