नागरिक सहज पहुँचका गुल्मी दरवार गाउँपालिकामा फ्री–वाईफाई जडान

२७ भाद्र २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


मनोज कार्की – भाद्र २७, गुल्मी । गुल्मी दरवार गाउँपालिका गुल्मीले फ्री–वाईफाई जडान गरेको छ । गाउँपालिकाको परिसरमा करिव १ मिटर चारै दिशातर्फ हुने गरि फ्री–वाईफाइ जडान गरिएको गुल्मी दरवार गाउँपालिकाले जनाएको छ ।  गाउँपालिकामा जनेडिएको ईन्टरनेट २४ घण्टामा १ घण्टा ३० मिनेट मात्र सेवाग्राहिले प्रयोग गर्ने पाउने भएका छन् । समयअबधि पछि ईन्टरनेट आफै बन्द हुने छ ।

यस ईन्टरनेटको लागि सेवाग्राहिलाई कुनै पनि आइडि र पासवर्ड नचाइने गाउँपालिकाका सुचना अधिकारी सुरेश खनालले जानाकारी दिए । सेवाग्राहिको मागलाई प्रत्यक्ष ध्यानमा राख्दै सुचनामा नागरिकको सहज पहुँचका लागि गाउँपालिकाले फ्री–वाईफाइ जडान गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले जानाकारी दिए । सेवाग्राहीले आवश्यकता अनुसार यसको उचित प्रयोग गरी लाभ लिन गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत पाण्डेल सबै सेवाग्राहिलाई आग्रह गरेका छन् ।

पछिल्लो समय गुल्मी दरवार गाउँपालिकाले सुचना नागरिकमा छिटो र छरितो र प्रभाबकारी बनाउनका लागि ईबुलेटि ,फ्रि वाईफाई जडान लगाएतका बिभिन्न क्रियाकलाप गदै आईरहेको गाउँपालिकाले दोस्रो चरणमा भवाने पार्क र चारपाला दरबारमा पनि ईन्टरनेट सुविधा जडान गर्ने तयारीमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया