अयोध्या मा रामको मन्दीर होईन भगवान बुद्धको प्रतिमा स्थापित गर्न विजेपीकी सांसद को माग

प्रकाशित मिति:

भारतीय जनता पार्टी बीजेपी की सांसद सावित्री बाई फुलेले फेरि एकपटक विवादित बयान दिएकी छिन् । सधैँ पार्टी लाइनभन्दा फरक मत दिएर चर्चा र विवादमा आउने फुलेले अयोध्यामा विवादित स्थलमा राम मन्दिर बनाउनुभन्दा भगवान बुद्धको प्रतिमा स्थापित गर्न माग गरेको समाचार सत्याग्रहले प्रकाशित गरेको छ । बीजेपी सांसद फुलेले यो बयान यस्तो बेलामा दिएकी छिन् कि अयोध्यामा विवादित स्थलमा राम मन्दिर बनाउनका लागि सरकारलाई अध्यादेश ल्याउन विभिन्न पक्षबाट दबाब आइरहेको छ । उच्च न्यायालयको आदेशअनुसार अयोध्याको विवादित ठाउँमा उत्खनन् हुँदा तथागत बुद्धसँग सम्बन्धित अवशेषहरु भेटिएकाले अयोध्या बुद्धभूमि भएको फुलेले बताइन् ।

फुलेले त्यतिमात्रै होइन, अयोध्या बुद्धस्थल भएको समेत विवादित बयान दिएकी छिन् । उनी भन्छिन्, ‘म स्पष्ट पार्न चाहन्छु कि यो बुद्धको भारत थियो । अयोध्या बुद्धभूमि हो । त्यसैले यहाँ तथागत बुद्धको प्रतिमा स्थापित हुनुपर्छ । बीजेपीबाट राज्यसभा सदस्य रहेका राकेश सिन्हाले राम मन्दिर बनाउनका लागि एक निजी विधेयक ल्याउनुपर्छ भन्ने कुरामा उनी भन्छिन्, ‘भारतको संविधान धर्मनिरपेक्ष छ । जसमा सबै धर्मको सुरक्षाको प्रत्याभूति गरिएको छ । संविधानअनुसार देश चल्नुपर्छ । सांसद हुन् वा विधायक उनीहरु पनि संविधानअनुसार नै चल्नुपर्छ ।