डीआईजी प्रधान द्वारा डालपुर र भिल्मीको विओपी भवन उद्घघाटन,संगठनको गरिमा माथि आँच आउने खालका गतिविधिमा नलाग्न निर्देशन

२७ भाद्र २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


भदौ २८ गते- सशस्त्र प्रहरी बल प्रदेश न।५ का प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी किशोर प्रधानले आफ्नो मातहतका कर्मचारीलाई संगठनको गरिमा माथि आँच आउने खालको गतिविधिमा नलाग्न निर्देशन दिनु भएको छ। आआफ्नो ठाउको कार्य क्षेत्रमा खटिँदा उच्च अनुशासन, उच्च लगाव राख्दै मानव अधिकारको संरक्षण, भ्रष्टाचारमा शुन्य सहनशिलताको सिद्धान्तलाई अपनाउन र लैँगिक हिंसा जस्ता कार्य नहुन निर्देशन दिनु भएको हो।

डीआईजी प्रधानले कपिलवस्तु विजयनगर गाउँपालिका ५, डालपुर र कृष्णनगर नगरपालिका ६, भिल्मीमा स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल वि।ओ।पी।को नवनिर्मित भवन उद्घाटन गर्दै उक्त कुरा बताउनुभएको हो।भवन उद्घाटन गर्दै सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रधानले अन्तर्राष्ट्रिय सीमा नाकाको सुरक्षा, अबैध निकासी, पैठारी, हातहतियार, लागूऔषध, मानव तस्करी नियन्त्रण तथा शान्ति सुरक्षा, अमन चयन कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन जिल्लामा बि।ओ।पी।को स्थापना गरिएको बताउनु भयो।

सरकारले दिएको नीतिनियम तथा निर्देशनलाई पालन गर्नुको साथै जिम्मेवारी निर्वाह गर्दै आएको र सफल पनि भएको सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रधानको भनाइ थियो।त्यस्तै डीआईजी प्रधानले सशस्त्र प्रहरी बलका राष्ट्रसेवक कर्मचारीले शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण योगदान पुर्याएकओ भन्दै प्रशंसा समेत व्यक्त गर्नु भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै डीआईजी प्रधानले डर, त्रास, धम्की दिने व्यक्तिलाई कानुनी दायरामा ल्याई जनतालाई अमन चयन कायम हुने गरी सुरक्षा दिइरहेको भनाइ थियो। वि।ओ।पी स्थापना गर्न प्रत्यक्ष(अप्रत्यक्ष रुपमा सहयोग गर्ने स्थानीय तह, संघसंस्था, समाजसेवी एवं जनसमुदायलाई समेत धन्यबाद ज्ञापन गर्नु भएको थियो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया