आईसोलेसन सेन्टरमा पुगेर सचेतना छर्दै घरघरमा हामी

२७ भाद्र २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


बुटवल, भाद्र २७ । पछिल्लो समय सामाजिक सेवामा सक्रिय अभियान घरघरमा हामी अभियानले कोरोना बिशेष अस्पतालहरुमा रहेका लक्षणसहितका संक्रमितहरुलाई सचेतना सहित समाजमा पुनर्स्थापनाको लागि भेटघाट अभियान चलाएको छ । घरघरमा हामी अभियानका सदस्यहरुले शनिबार बुटवल नगरपालिकाद्वारा संचालित एन्फा एकेडेमीमा रहेको कोरोना विशेष अस्थायी एन्फा आईसोलेसन सेन्टरमा रहेका संक्रमितहरुलाई भेटघाट गरेका छन ।

अभियानले भेटघाट र अनुगमन सहित आईसोलेसनमा रहेका संक्रमितहरुलाई उत्प्रेरणामुलक सचेतना समेत दिएको छ । कोरोना रोगसग लडेर जितेर फर्केपछि समाजमा कसरी पुनस्थापना हुनेरु समाजलाई कोरोना नलाग्न वा लागेपछि समाजको व्यबहारमा परिवर्तन गर्ने रु लागेपनि भय र डरबाट मुक्त हुन कसरी समाजलाई सचेत गराउने भन्ने बिषयमा उत्प्रेरणामुलक सचेतना क्लास दिएको सस्थाका संयोजक शिव डुम्रेले बताए । डुम्रेका अनुसार आइसोलेशनमा रहेका ५२ जना विरामीहरुसग प्रत्यक्ष भेटघाट गरि त्यहा रहेको समस्याका बारेमा समेत जानकारी लिएका थिए । यसैगरी कोरोना लागेसकेपछी परिवार र समाजको हेर्ने दृस्ठिकोण परिवर्तन गरेका मानसिक रुपमा रोग छिटो निको हुने संक्रमितले बताएका थिए ।

अभियानका संयोजक डुम्रेका अनुसार कोरोना संक्रमित गाउँहरुमा पुगेर गाउलाई सचेत गराउने र संक्रमितलाई हेर्ने दृस्ठिकोण बदल्न अभियानले गाउँगाउमा हामी भन्ने अभियान चलाउन लागेको छ । त्यस अभियानलाई कोरोना जितेपछि साथे दिने भन्दै ६ जना संक्रमितले आफुले कोरोना जितेपछि अभियानसगै गाउँगाउँम सचेतना छर्न हिड्ने प्रतिबद्धता जनाएका समेत डुम्रेले बताए । पछिल्लो समय अभियानले सामाजिक काममा सक्रियता पुर्वक लागेको छ भने यस्तै अभियानहरु नियमित संचालन गरिने सस्थाले जानकारी दिएको छ । यसैगरी सबै आईसोलेनसमा पुग्ने र त्यहाको समस्या सम्बन्धित निकायमा पुर्याई समाजमा संक्रमितलाई पुनस्थापना गर्न सहजीकरण गर्ने यो अभियानको उद्देश्य रहेको संयोजक डुम्रेको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया