वृद्धाश्रममा खाद्यान्न सामाग्री प्रदान

२८ भाद्र २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


भैरहवा, २७ भदौ । लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीले वृद्धाश्रममा खाद्यान्न सामाग्री प्रदान गरेको छ । क्लबले शनिबार रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा उक्त खाद्यान्न सामाग्री उपलब्ध गराएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धाआश्रममा रहेका वृद्धवृद्धाहरुलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले लायन्सको मान्यता अनुरुप खाद्यान्न सामाग्री प्रदान गरिएको क्लबका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले बताए । क्लबका अध्यक्ष गुप्ताले वृद्धाश्रमकी अध्यक्ष माया खरेललाई उक्त खाद्यान्न सामाग्री हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स डिष्ट्रिक इन्टरनेशनल ३२५ बी टु नेपालका स्टे«ेटेजिक चिफ पीएमजेएफ नवराज न्यौपानेले लायन्सको मर्म अनुरुप क्लबले सराहनीय कार्य गरेको बताए ।कार्यक्रम संयोजक एवं क्लबका जनसम्पर्क अधिकारी विना पौडेल क्षेत्रीको स्वागत तथा सचिव भीम बहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसैबीच क्लबले वृद्धाआश्रमका सञ्चालक समितिका सम्पूर्ण सदस्य र वृद्धवृद्धाहरुको कोरोना बीमा गरिदिएको छ । कोभिड–१९ को संक्रमण बढिरहेकोले आगामी दिनमा आइपर्ने समस्याबाट केही भए पनि राहत होस् भन्ने उद्देश्यले यूनाइटेड इन्स्यारेन्स कम्पनी (नेपाल) लिमिटेडबाट वृद्धआश्रमका सञ्चालक समिति सदस्य, वृद्धावृद्धाको हेरचाह गर्ने ३ जनासहित २० जना वृद्धवृद्धाहरुको एक÷एक लाखको कोरोना बीमा गरिएको क्लबका तृतीय उपाध्यक्ष मनोज क्षेत्रीले बताए । यस अघि क्लबले ब्लड क्यान्सर पीडित सैनामैना निवासी मनोज गिरीको उपचारका लागि ५१ हजार रुपैयाँ प्रदान गरेको थियो ।

त्यस्तै शनिबार लायन्स क्लब अफ भैरहवा ग्रिनसिटीको प्रथम बोर्ड बैठक भैरहवामा सम्पन्न भएको छ । बैठकले लायन्सको पाँचवटा विधामा रही वार्षिक ३८ वटा कार्यक्रम सम्पन्न गर्ने गरी कार्ययोजना बनाएको क्लबका तृतीय उपाध्यक्ष क्षेत्रीले जानकारी गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया