कोरोना को कहर : सिमा बन्दले व्यापार जिरो

प्रकाशित मिति:

रन्जीत शर्मा- नवलपरासीर  भाद्र। लकडाउन खुकुलो भए ता पनि विगत लामो समय देखी कोरोना भाइरस अर्थात कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागी नेपाल सरकारले २०७६ चैत्र ११ गते देखी गरेको सिमा बन्द हालसम्म यथावत रहेकोले देशको सम्पुर्ण सिमा बजारको व्यापार न्युन सङसगै पश्चिम् नवलपरासीको महेशपुर, भुजहवा, लक्ष्मीपुर बजार लगाएत अन्य सिमावर्ती बजारको व्यापार जिरो अर्थात शन्यू भएको छ । बिश्वभर आक्रान्त बनाईरहेको कोरोना भाईरस कोभिड १९ नेपालमा पनि समुदाय स्तरमा फैलिएको लाई मध्यनजर गर्दै सो रोगबाट निम्तीन सक्ने जोखिम र नियन्त्रणका लागी सरकारले आवाहन गरेको चैत ११ गतेदेखी जेष्ठ ३२ गते सम्म पहिलो र साउन २६ गते हाल सम्म दोस्रो चरणको लकडाउन अर्थात बन्दाबन्दिका कारण देशको सबै जसो व्यापार ठप्प भए ता पनि सबै भन्दा बढी समस्या सिमा क्षेत्रका पसले व्यवसायी देखिएको छ ।

पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिका वार्ड न० ०१ सिमा क्षेत्र अन्तरगत पर्ने प्रमुख सिमावर्ती बजार महेशपुर बजार यतिबेला शन्यू भएको छ ।भारतको महराजगन्ज जिल्ला अन्तरगत पर्ने ठुठिबारी बजार र नेपालको महेशपुर बजार सङ ठिक बिपरित सम्बन्ध रहेको पाइन्छ ।
भारतका मानिस महेशपुर बजारमा चाइनिज तथा नेपाली कपडा , इलेक्ट्रोनिक समान , नेपाली तथा चाइनिज ब्रान्डका व्याग,जुत्ता तथा जकेट एवम् गरम मसलाका लागी महेशपुर बजार भित्रिने गर्दछन । त्यसगरी नेपालका मानिस नजिक रहेको ठुठिबारी बजारमा किराना समान , सुट साडी , कस्ट्मेटिक आइटम, इलेक्ट्रोनिक सामग्री आदि विभिन्न समान नेपाल भन्दा सस्तो परेकोले भारतीय बजार भित्रीने गर्दछन। विगत ६ महिना देखी लकडाउन तथा सिमा बन्दले गर्दा व्यापार ठप्प रहेकोले कोरोनाले भन्दापनि भोक र चिन्ताले मार्ने जोखिम बढी भएकोू भन्दै महेशपुरका एक पसले व्यवसायी सगर निगमले दुख व्यक्त गरे ।

महेशपुर का व्यवसायी बिनोद निगम भन्छन् ूमहेशपुर बजारको सारा व्यापार भारतीय नागरिकमा निर्भर छ नेपाली नागरिकको एकदम कम चहलपहल हुन्छ , अहिले दिनको २०० व्यापार गर्न पनि गाह्रो छ , सिमा छिटै न खोले हामी सिमावर्ति पसले व्यवसायी बैंकको ब्याज, बिजुली महशुल, घर भाडा लगायतका शुल्क तिर्दा तिर्दै एक दिन करोडपति रोडपति हुने बरे छैन । त्यसले यस कुरामा पनि सरकारले हामी सिमावर्ती पसले व्यवसायीलागी थप राहत लिएर आउदै छिटै सिमा खोल्न आग्रह गरेका छन् । सरकारले कर मिनाहा गर्दैन, बैंकले ब्याजमा सहुलियत दिँदैन । अनि लकडाउन खुकुलो भए पनि सिमा बन्द ले गर्दा व्यापार जिरो हुँदा कहाँबाट तिर्ने त रु’, महेशपुरका एक व्यवसायी निगमले भन्छन्, ‘दैनिकी चलाउन पनि नसकिने अवस्था आईसक्यो ।’

भाद्र २१ गते देखी हालसम्म लकडाउन खुकुलो गरि पश्चिम् नवलपरासीमा किराना पसल, कपडा तथा फेन्सी पसल, बिजुलीका सामान, भाँडाकुडालगायतका पसलहरु दिउँसो ११ देखि साँझ ५ सम्म खुलेका छन् भने तरकारी, फलफुल पसल, दुग्धजन्य पसल र माछा मासु बिक्री वितरण गर्न बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म पाइएको छ । अत्यावश्यक उद्योग, कलकारखाना पनि खोल्न अनुमति दिइएको छ । निर्माण सामग्रीका ढुवानीलाई पनि खुला गरिएको छ ।कुनै पनि सार्वजनिक यातायात हालसम्म चलेको छैन । शैक्षिक संस्था सञ्चालन, मेला ,महोत्सव, गोष्ठी, सैलुन पसललगायत भिडभाड हुने क्षेत्रमा रोक लगाइएको छ तथा बैंक तथा वित्तिय संस्थाहरुले सम्पर्क व्यक्ति तोकेर सेवा दिन गरि रहेका छन। विभिन्न सन्चार माध्यम बाट असोज १ गतेदेखी सिमा खुल्ने हल्ला सुनिएको भए ता पनि हालसम्म नेपाल सरकारको कुनै पनि निर्णय सर्वाजनिक न भएकोले हल्ला पछाडी न लाग्न आग्रह गरिन्छ ।