राजा वीरेन्द्र चढ्ने जहाज गुडाएरै नारायणहिटी

प्रकाशित मिति:

काठमाडौं, भदौ २८ – राजा वीरेन्द्रले चढ्ने एनए ०२० एचएस ७४८ नम्बरको एभ्रो जहाज गुडाएर नारायणहिटी संग्रहालय पुर्‍याइएको छ। गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुडाएर नारायणहिटी पुर्‍याइएको हो।

राजपरिवारले प्रयोग गरेको सरसामान संग्रहालयमा राख्न जहाजलाई पनि लगिएको हो। राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनकुने, बानेश्वर, माइतीघर, भद्रकाली, विद्युत प्राधिरकणहुँदै नारायणहिटी लगिएको हो।