पश्चिम नवलपरासीमा आज ८ जना कोरोना संक्रमित पुष्टि

प्रकाशित मिति:

प्रकाश न्यौपाने

नवलपरासी, भदौ २८
। पश्चिम नवलपरासीमा आज आईतबार ८ जना कोरोना भाईरस (कोभिड १९) का संक्रमित पुष्टि भएको छ । जिल्लाको रामग्राम नगरपालिकामा ७ जना र बदृघाट नगरपालिकामा १ जना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी बर्दघाट सु्स्ता पश्चिमका प्रमुख गौरव ढकालले जानकारी दिनुभएको छ ।                                 आज संक्रमीत हुनेमा रामग्राम नगरपालिकाको वडा नम्बर ३ का २९ बर्षिय पुरुष, वडा नम्बर ४ का २३,२६ र २७ बर्षका पुरुष, वडा नम्बर५ का ३९ बर्षिय पुरुष, वडा नम्बर ७ का २८ बर्षिय पुरुष र वडा नम्बर १२ का २३ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । बर्दघाट नगरपालिकामा भने वडा नम्बर ४ की ७२ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । यो संगै जिल्लामा हालसम्म संक्रमितको संख्या ३ सय ६१ पुगेको छ ।