दीनदुखीको सारथी बन्दै घरघरम हामीु, घरमै पुगेर दिनदुखिलाई राहात बाड्दै

प्रकाशित मिति:

भाद्र २९, रुपन्देही  – एउटा सानो खिया लागेको टिनको होचो एककोठे घर, बर्खामासमा चुहिने, एउटा पुरानो खाट, केहि रित्ता भाडाहरु, पुरानो ग्यासचुल्हो, चामल राख्ने रित्तो ढोल, २ कलिला सन्तान लिएर पिढीको चोटामा उभिएकी तिलोत्तमा(१२, प्रगतीनगर निवासी ४२ बर्षिय शान्ता नेउपाने ।
प्यारालाईसिस रोगका कारण राम्रोसँग हिड्न नसक्ने उनि २ कलिला सन्तानलाई भरणपोषण गरिरहेकी छन । कहिलेकाही वडाले बाडेको राहात, कहिले छिमेकीले दिएको अन्न, त कहिले १४ बर्षिय छोराले काम गरेर ल्याएको खाद्यान्नले कहिले पेट भरी त कहिले आधा पेट खाने उनलाई ुघरघरमा हामीु अभियानले राहात लिएर घरमै पुगेपछि भगवान् आएजस्तै भयो ।

घरमा पुगेर लत्ताकपडा देखि चामल, दाल, नुन, तेल, आलु, साबुन देखि भान्सामा प्रयोग हुने २ महिनालाई पुग्ने गरि खाद्यान्नसहित कपडा, माक्स, सेनिटाईजर लिएर सामाजिक सेवामा सक्रिय अभियान ूघरघरमा हामीू उहाँकै घरमा पुगेर सामान हस्तान्तरण गरेको छ । पछिल्लो समय सामाजिक संजालबाट सुरुवात गरिएको घरघरमा हामी अभियानले सो राहत उहाँको घरमै लगेर हस्तान्तरण गरेको हो ।

स्थानीय साथिहरुले उहाँको दयनीय अवस्थाका बारेमा जानकारी गराएपछि हामीले केही गर्न सक्छौं भन्ने लागेर हामीसग संचालित खाद्य भण्डार मा केही कुराहरू थपेर लगेर दियौं, आमा निकै खुसी हुनुभयो ।ु अभियानका संयोजक तथा ग्रुपको निर्माता शिव डुम्रेले भन्नुभयो । अभियानले केही दिन अगाडी यस्तै दयनीय अवस्थामा रहेका काठमाडौमा बस्ने विक्रम तामाङलाई पनि यसैगरी सहयोग गरेको थियो । ुहामीले चोटमा मल्हम लगाईदिने हो, उहाँहरुलाई जति सक्छौ त्यत्ति दिने हो तर हाम्रो माध्यमबाट अरुले पनि दिन सक्नुहुन्छु डुम्रेले भन्नुभयो अबस्था बुझेर हामीले सक्दो दिने गरेका छौं, अन्यत्रबाट पनि जानकारी आएका छ्न, बुझ्दै आवस्यकता बमोजिम सहयोग गर्छौं ।ू
४ बर्षअघि श्रीमानको निधन भएलगत्तै विरामी भएकी शान्ता बाहिर हिडडुल गर्ने र काम गर्न सक्दिनन, केही काम गरेर दैनिक जीवन गुहार्न पनि उनको स्वास्थ खराब छ, अरुले पनि सक्दो सहयोग गरेर छोरालाइ काममा लगाउन सके केही राहात पुग्ने आशा शान्ताले गरेकी छन । राहात वितरणका लागी घरमा पुगेको घरघरमा हामीले उनको लागि औषधि र छोरीको पढाईको लागीसमेत सहयोग गर्न प्रतिबद्धता जनाएको छ ।