कोरोना सँग जुध्ने अचुक ओखती खेलकुद : चापाकोटका नगर प्रमुख गिरि

प्रकाशित मिति:

सबिन डाेटेल स्याङ्जा चापाकाेट कोरोना भाइरसबाट दिन प्रतिदिन संक्रमीत हुनेको संख्या बढ्दो छ।कोरोना भाइरस संक्रमण भए पश्चात् मृत्यु बरण गर्नेहरुमा अधिकतम इम्युनिटी पावर कम्जोर भएका र दीर्घ रोगी अत्याधिक पर्ने गर्छन। कोरोना भाइरस संक्रमणबाट बच्न र इम्युनिटी पावरलाई मजबुत बनाउनु र स्वस्थ रहनु नै यस्को सबै भन्दा ठूलो अचुक औषधि भएको कुरा WHO ले बारम्बार भन्ने गरेको छ।

शारीरिक ब्यायम नै कोरोनाको मुख्य ओखती रहेको भन्दै चापाकोट नगरपालिका खेलकुद मार्फत ब्यायाम गराएर स्वस्थ गराउन लागिपरिरहेको छ।अहिले यहीँ कुरालाई मध्य नजर गर्दै स्याङ्जाको चापाकोट नगरपालिका भने खेलकुदमा आफ्ना नागरिकलाई सम्मीलित गराउदै नगरपालिकालाई नै कोभिड संक्रमण हुन बाट जोगाउने महादौरानमा छ।स्याङ्जाको चापाकोट नगरपालिका नगरप्रमुख शिबकुमार गिरि नगरपालिकाका १० वटै वडामा खेलकुदको बिकास गरेर प्रदेश तथा राष्ट्रिय स्तरका खेलाडी चापाकोटमै उत्पादन गर्ने लक्ष्य बोकेर अहोरात्र काम गरेको बताउँछन।

खेलक्षेत्रले मात्रै सिङ्गो चापाकोट लाई स्वस्थ बनाउन मद्धत गरिरहेको र अहिलेसम्म कोरोनाका कारण कुनै अप्रिय घटना नघट्नुमा चापाकोटमा खेलकुदमा अधिकतम प्राथमिकता दिइएको कारणले गर्दा सिङ्गो चापाकोट स्वस्थ र मस्त रहन सफल भएको मेयर गिरिको दाबी छ।फुटबल,भलिबल,कृकेट र ब्याडमिन्टन लाई प्राथमिकता दिएर स्थानीय क्लबहरु मार्फत सक्रिय रुपमा खेलकुदको बिकास चापाकोटमा हुन लागेकोमा आफु दङ्ग रहेको कुरा चापाकोट ९ का स्थानीय युवा पबन डोटेल व्यक्त गर्छन।