मजदुरी गरेर जीविकोपार्जन गर्ने महिलाको तरूण दल अध्यक्ष विष्टले गरिदिए पित्त थैलिको अप्रेसन

३० भाद्र २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


नेपाल तरूण दल सुर्खेतका अध्यक्ष हरि विष्टले कोभिड(१९ बढेदेखि निरन्तर जिल्लामा विपन्न,अशक्त र मजदुरी गरेर जीविकोपार्जन गरेर खाने परिवारलाई सहयोग गर्दै आएका छन्। घरमा चुलो नबलेको परिवारले सिधै मलाई सम्पर्क गर्नु भनेर उनले भनेका थिए र कसैले फोन गर्ने बित्तिकै खाद्यान्न लिएर घरसम्मै पुग्ने गरेका छन्।

अध्यक्ष विष्टले विरेन्द्र नगर नगरपालिकाकि अत्यन्त आर्थिक अवस्था नाजुक भएकी शिला नेपालीको सुर्खेत अस्पतालमा ३० हजार खर्चिएर पत्थरीको अप्रेसन गरिदिएका छन्। गिट्टी कुटेर दैनिकी चलाइरहेकी नेपालीको २ छोरी र १ छोरा रहेका छन्। आर्थिक अवस्था कमजोर भएर लामो समयदेखि अप्रेसन हुना नसक्दा निकै दुख भएको र आज भगवानको अवतार बनी दोस्रो जन्म दिएको जस्तो अनुभुती आफूले गरेको नेपालीले बताइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया