द राइजिन स्टुडेन्ट क्लबको बाल दिवस २०७७को अवसरमा सामाजिक रुपान्तरणमा बिद्यार्थी अनलाइन प्रतियोगिता कार्यक्रम समापन

प्रकाशित मिति:

बिपिन नेपाल – गुणस्तर शिक्षा आजको आवश्यकता ,समाज परिवर्तनमा सिर्जनशील बिद्यार्थीको सहभागिता  मुल नारा लिएर अगाडि बढिरहेको यस द राइजिङ स्टुडेन्ट क्लबले बाल दिवस २०७७को अवसरमा आयोजना गरिएको समाजिक रुपान्तरणमा बिद्यार्थी अनलाइन प्रतियोगिता कार्यक्रम समापन गरेको छ । संस्थाले केही दिन अघि २०७७र०५र२३ गते देखि अन्लाईन कार्यक्रम सुरुवात गरेको थियो । उक्त कार्यक्रममा  २ सम्मको बिद्यार्थीले सहभागिता जनाउन सकिने थियो भनी विभिन्न नेपालको विभिन्न ठाउँबाट गरि बीस जना प्रतिस्पधीहरुले कार्यक्रममा भाग लिएका थिए । आयोजना गरिएको कार्यक्रममा प्रतिस्पधीले सामाजिक रुपान्तरण कसरी गर्न सकिन्छ भने बिषयमा नारा वा तीन मिनेट सम्मको भिडियो बनाउन पर्ने थियो ।

बाल दिवसको अवसर पारी आयोजना गरिएको कार्यक्रममा अन्लाईन कार्यक्रम गर्दै नतिजा प्रकाशन गरिएको थियो । बालअधिकारकर्मी साथै संघीय युवा संजालको केन्द्रीय सद्स्य तथा प्रदेश न।५ ईन्चार्ज
सहिल अन्सारी प्रमुख अतिथिको रुपमा बोलाइएको थियो साथै प्रतिस्पर्धा बाट नतिजा दुधको दूध पानीको पानी छुट्टाउनको निम्ति मोहन मरासिनी निर्णायकको भुमिका खेल्नु भएको थियो । कार्यक्रममा नतिजा क्लबका कार्यक्रम निर्देशक सन्दिप पोडेल क्षेत्रीले प्रकाशित गर्नु भएको थियो । उक्त कार्यक्रममा बुटवल कालिका मानव ज्ञान बिधालयकि छात्रा सुयुदा पाण्डे भएकी थिन साथै दोस्रो गुल्मीको शारदा माध्यमिक बिधालयकी छात्रा अस्मिता भट्टराई , तेस्रो सुर्खेतको देउती बिधा बिधालयकी छात्रा पुर्णिामा आचार्य र सान्त्वना काठमाडौ मोर्गन ईन्टरनेशनल कलेजकि छात्रा सुजिना श्रेष्ठ भएकी थिन ।

कार्यक्रममा बोल्दै अबको क्रममा बालबाकिका छुटएको रकम नेपाल सरकारले अहिले रोकेको छ त्यो रकम अब फेरि नेपाल सरकारले बालबालिका निम्ति छुटाउन पर्ने बालबालिका माथी पर्न गएको हत्या हिंसा बलात्कार माथी कडा भन्दा कडा नियम निकानु पर्ने अनि अहिले सम्म पनि निर्मला हत्याको अपराधी खोज्न नसकेकोले बाल अधिकार कतै हराएको जस्तो महसुस नगराउनको निम्तो उनलाइ न्याय दिलाउन पर्छ भन्दै प्रमुख अतिथी कार्यक्रममा बोल्दै क्लबकी अध्यक्ष एलिसा बेल्बासेले सम्पूर्ण यस कार्यक्रममा विभिन्न ठाउँ बाट सहभागिता जनाउनु भएको सम्पूर्ण प्रतिस्पधी साथीहरुमा साथै यस कार्यक्रममा जोडिएर साथ सहयोग गर्नु भएको सम्पूर्ण हृदय देखि धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो भने उक्त कार्यक्रम क्लबको सचिव सबिता पोख्रेल र प्रबन्धक निर्देशक कुशल न्यौपानेले संचालन गरेका थिए ।