पश्चिम् नवलपरासीमा यसरी मनाइयो राष्ट्रिय बाल दिवस-फोटो फिचर सहित

प्रकाशित मिति:

रन्जीत शर्मार नवलपरासीर २९ भाद्र

पश्चिम् नवलपरासीमा प्रत्येक वर्ष जस्तै यस वर्ष पनि आज विभिन्न कार्यक्रम गरि राष्ट्रिय बाल दिवस भब्य र सभ्यका मनाइएको छ ।बिपतमा बाल अधिकारको सुनिश्चिततास् हामी सबैको साझा प्रतिबद्धताूमुल नाराका साथ नवलपरासीको सबै स्थानीय तहमामा भव्य र सभ्यका साथ बाल दिवस मनाइएको छ । यसै क्रममा पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा संवाद किशोर किशोरी सञ्जालको आयोजना तथा ए बि सि नेपाल ,स्ट्रोम फाउन्डेसन र सरावल गाउँपालिको सहयोगमा बाल दिवसको अवसरमा वातावरणीय सरसफाइ तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

त्यसै गरि पश्चिम् नवलपरासीको सरावल गाउपालिका मै संकल्प प्रतिष्ठानको आयोजना तथा सरावल गाउपालिकाको सहयोगमा बालबालिकाहरुको महान पर्व बाल दिवसलाई मध्यनजर गर्दै कोरोना संक्रमणको अवस्था र बाल अधिकार  मुल शिर्षकमा आज जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कुल १५ जना सहभागी रहेका थिए भने सहभागीले पुर्ब नै आफ्नो भनाइको भिडियो बनाएर पठाउनु पर्ने थियो । प्रतियोगितामा अन्नपुर्ण आवासिय मा०वि० सुनवल कि छात्रा सम्क्षना सुवेदी प्रथम, जनता मा० वि० सरावल -६ भुजहवाको छात्र राहुल मुराऊ द्वितिय तथा आदर्श मा० वि० सरावल-१ खोखरपुराका छात्र बिपिन देवकोटा तृतिय स्थान प्राप्त गरेका छन्। प्रतियोगिताको निर्णायक मण्डलहरुमा सरावल गाउपालिका शिक्षा शाखा प्रमुख तुलसी प्रसाद अधिकारी, सरावल स्वास्थ्य शाखा प्रमुख ओमनरायण देवकोटा तथा राजा महात्मा पुर्णभद्र मा०वि० भुतहाका नेपाली शिक्षक यकनरायण तिमिल्सिना रहनु भएको थिए। प्रतियोगितामा प्रथम दितिय र तृतीय हुनेलाई क्रमशः ८०००, ५००० र ३००० सहित प्रमाणपत्र समेत प्रदान गरिने संस्थाका महासचिव सन्जय मौर्यले जानकारी दिनु भयो।

त्यसै गरि अर्को तिर रामग्राम नगरपालिका , सरावल गाउपालिका तथा पाल्हिनन्दन गाउपालिकामा बिपतमा बाल अधिकारको सुनिश्चिततास् हामी सबैको साझा प्रतिबद्धता नाराको साथ राष्ट्रिय बाल दिवस(२०७७ को अवसर मा योगदान राष्ट्रको लागि नवलपरासी पश्चिम को आयोजना तथा मैत्री समाज नेपाल , परिवर्तन समाजिक विकास सस्था र बाल अधिकार का लागि राष्ट्रिय अभियान नेपाल, जिल्ला कार्य समिति नवलपरासीको सहजिकरणमा बालबालिकालाई कोरोना बाट सुरक्षित राख्न तथा कोभिड-१९ को रोकथाम तथा न्यूनीकरण गर्ने निःशुुल्क मास्क वितरण कार्यक्रम सरावल गाउपालिका वार्ड नं ३ को पिपरा मौवा चोक ,रामग्राम नगरपालिका वडा नं०१६ को हकुई चोक र पाल्हीनन्दन गाउपालिका वार्ड नंस्६ सनई चोकमा सम्मपन भएको छ। कार्यक्रममा योगदान राष्ट्र को लागि पश्चिम नवलपरासीको जिल्ला संयोजक ग्यानेस्वर सहानी , सह-संयोजक सुरेश यादव ,सदस्य सिद्धान्थ पाठक , दिलमाया चौधरी , आरिफ खान , सुरज यादव लगायत नेपाल प्रहरीको को उपस्थिति रहेको थियो ।