कञ्चनको धौलागिरी चौकमा पनि एक जनालाई कोरोना

प्रकाशित मिति:

रुपन्देहीको कञ्चन गाउपालिका वार्ड नं। ३ धौलागिरी चौकका ६२ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।रुघाखोकी,झाडा पखला र वाकवाकी लागेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराउने क्रममा पिसिआर परिक्षण गर्दा वहाँमा कोरोना संक्रमण पुष्टि भएको वहांका परिवारका एक सदस्यले जानकारी गराउनु भएको कञ्चन गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतमले बताउनु भएको छ।

प्रादेशिक अस्पतालमा पिसिआर परिक्षण पश्चात रिपोर्ट पोजेटिभ देखिएपछि घरको होम आइसोलेसनमा बस्न घरमै रिफर गरिएको अस्पताल प्रशासनले जनाएको छ। वहाँमा कोरोना संक्रमण देखिए पछि वहाँको समपर्कमा रहेका आफन्त घरपरिवारका सदस्य,छिमेकीहरुलाई कन्ट्याक्ट ट्रेसिंगको आधारमा पिसिआर परिक्षणका लागि आवस्यक ब्यबस्था मिलाइने स्वास्थ्य शाखा प्रमुख गौतमले जानकारी दिनु भएको छ। असोज १ गते देखि कञ्चनमा क्वारेन्टाइन हटाइनेयस्तै कञ्चन गाउपालिकाको बिपद ब्यबस्थापन समितिले कञ्चनमा छिमेकी देश भारत लगायत तेश्रो मुलुकबाट आउनेहरुको संख्या कम हुदै गएको र गाउपालिकाले ब्यबस्थापन गरेको क्वारेन्टाइनमा बस्नेहरुको संख्या न्युन रहेकोले असौज १ गते देखि क्वारेन्टाइन हटाउने निर्णय गरेको छ। आज बसेको समितिको बैठकले क्वारेन्टाइनमा बस्नेहरुको संख्या कम भएको र बिस्तारै होम कवारेन्टाइन र होम आइसोलेसनमा राख्ने कर्यलाई ब्यबस्थापन गर्दै आइरहेको र संक्रमण को जोखिमलाई न्युनिकरण गर्न स्वास्थ्यकर्मी र स्थानिय संघ संस्थाको भुमिका महत्वपुर्ण भएकोले कञ्चनमा क्वारेन्टाइन हटाउने निर्णय गरेको हो ।

पछिल्लो तथयांक अनुसार कञ्चनमा छिमेकी देश भारत लगायत तेश्रो मुलुकबाट आउनेको संख्यामा पुरुष ५ सय ८५ जना र महिला १ सय ४० जना गरी ७ सय २५ जना भित्रिएको र त्यस मध्ये ५ सय ९० जनाको आरडिटी परिक्षण र ४ सय २४ जनाको पिसिआर परिक्षण गरिएको कञ्चन गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद गौतले जानकारी दिनु भएको छ।
४ सय २४ जनाको पिसिआर परिक्षण गरिएको मध्ये ६२ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ५३ जना निको भई डिस्चार्ज भइसकेको स्वास्थ्य शाखा प्रमुख गौतमले बताउनु भएको छ ।यस्तै छिमेकी देश भारत लगायत तेश्रो मुलुकबाट आएका मध्ये हरैया बहुखुखी कयाम्पसको क्वारेन्टाइनमा ४ जना,होम क्वारेन्टाइनमा २२ जना र सक्रिया कोरोना संक्रमित ९ जना होम आइसोलेसनमा रहेका र वहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने २१ जनाको पिसिआर रिपोर्ट आउन बाकी रहेको स्वास्थ्य शाखा प्रमुख गौतमले जानकारी गराउनु भएको छ।

#कञ्चन खवर डटकम