दुई संस्थाको आर्थिक सहयोग ढोरपाटनका बाढी पहिरो पीडितहरुलाई प्रदान

३० भाद्र २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


कौरव खत्री-गुल्मी

गुल्मी समाज भिक्टोरिया अष्टेलिया र वामी विश्व सम्पर्क मञ्च अष्टेलियाद्धारा संयुक्त रुपमा ढोरपाटनका बाढी पहिरो पीडितहरुलाई सहयोग राहत रकम हस्तान्तरण गरिएको छ । ढोरपाटन नगरपालिका बोबाङका बाढी पहिरो पिडित घरपरिवारलाई गुल्मी समाज भिक्टोरिया अष्टेलियाको तर्फबाट २लाख, ३३हजार,३सय,२० रुपैया र वामी विश्व सम्पर्क मञ्च अष्टेलिया तर्फबाट १लाख, ७हजार, ७सय, ६ रुपैया रकम गरि संयुक्त रुपमा कुल जम्मा ३लाख,४१हजार,२६ रुपैयाको नगद चेक ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीलाई हस्तान्तरण गरिएको थियो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले गुल्मीवासीले ढोरपाटनका बाढी पहिरो पिडितहरुको लागि ठूलो सहयोग पुयाएको भन्दै राहत रकमलाई पारर्दशी बनाउने बताए ।साथै नगरप्रमुख नेपालीले सहयोग रकमले पिडितहरुका घर निर्माण गरिदिने र सहयोग देखिने गरि नेपालकै नमूना काम गर्ने बताउदै आर्थिक सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद दिए । सोही अवसरमा गुल्मी समाज भिक्टोरिया अष्टेलियाका संरक्षक भिमलाल सापकोटा, वामी विश्व सम्पर्क मञ्च अमेरिकाका पूर्व अध्यक्ष हरिनारायण सापकोटा,महिला अधिकारकर्मी विष्णुकुमारी सापकोटा, वामी विश्व सम्पर्क मञ्चका प्रतिनिधि अग्निधर अर्याल लगायतले यस्तो कोभिडको बेलामा गुल्मी समाज भिक्टोरिया अष्टेलिया र वामी विश्व सम्पर्क मञ्च अष्टेलियाले आर्थिक संकलन जुटाएर ढोरपाटनका बाढी र पहिरो पिडित घरपरिवारहरुलाई ठूलो सहयोग पुगेकोले सबै सहयोगीहरुलाई धन्यवाद दिएका थिए ।

राहत रकम हस्तान्तरण कार्यक्रममा ढोरपाटन नगरपालिकाका नगर उपप्रमुख करमती पुन,प्रमुख प्रशासकीय अधिकृत डिल्लिराम भट्टराई,ढोरपाटन नगरपालिका वडा नं.१ का वडाअध्यक्ष चित्र बहादुर भण्डारी, वडा नं. ८ का वडाअध्यक्ष नन्दे सुनार वडा नं. ९ का वडाअध्यक्ष हरि बहादुर घर्तिमगर, मुसिकोट युनेस्को केन्द्रका अध्यक्ष मोहन घिमिरे,मुसिकोट युनेस्को केन्द्रका सदस्य भिम पाण्डे,सञ्चारकर्मी रामकृष्ण कंडेल, ढोरपाटन नगरपालिकाका प्रेस सल्लाहकार झरना कंडेल लगायतको सहभागिता रहेको थियो । गत भाद्र १७ गते राती अविरल बर्षासँगै आएको बाढी पहिरोले ढोरपाटन नगरपालिका वडा नं.५ ,७,८ र ९ बोबाङकका १सय २० घरपरिवार विस्थापित भएका छन् । भने २ विद्यालय १२ वटा लघुजल विद्युत परियोजना र बाढी पहिरोले झोलुङ्गे पुलमा समेतमा क्षति पुगेको थियो । राहत रकम हस्तान्तरण कार्यक्रम ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन भने सञ्चारकर्मी कौरव खत्रीले गरेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • स्थानीय भन्छन् सुमित जस्तै ईन्चार्जको लहानमा खाचो छ
  • रुपन्देहीका शिब राज बेल्बासेको संयोजकत्वमा साझा युवा संगठन प्रदेश नम्बर…
  • प्रधानमन्त्रीका निजी चिकित्सक शाहलाई कोरोना संक्रमण
  • पहिरोबाट विस्थापित ३ परिवारलाई गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको सहयोग
  • उपभोक्ता हित संरक्षण समिती नेपालको सिद्धार्थनगर भैरहवा शाखा गठन
  • रोटरीद्वारा इन्ट्रयाक्टरहरुलाई जीवन उपयोगी सीप विकास कार्यशाला
  • शनिवार नेपालमा थपिए १ हजार २०७ जना कोरोना संक्रमित, कुल…
  • कालीगण्डकी स्याङ्जाका युवा व्यावसायिक कृषिमा अभ्यस्त
  • बाघको आक्रमणबाट एक जनाको मृत्यु
  • कंगोमा नेपाली सैनिकमाथि अधिकृतको कुटपिट