स्वास्थ्य सतर्कता अपनाउँदै पठनपाठन सञ्‍चालनको वातावरण मिलाउन सरकारसँग माग

३० भाद्र २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं- विभिन्‍न दलनिकट विद्यार्थी संगठनहरुले सरकारलाई स्वास्थ्य सतर्कता अपनाउँदै शैक्षिक संस्थाहरुको पठनपाठन सञ्चालनको वातावरण तयार गर्न सरकारसँग आग्रह गरेका छन् ।

अखिल ९क्रान्तिकारी० को आयोजनामा काठमाडौंमा मंगलबार सम्पन्न संयुक्त विद्यार्थी संगठनहरुको बैठकले सरकारलाई शैक्षिक संस्थाहरुको पठनपाठन सञ्चालनको वातावरण तयार गर्न सरकारसँग आग्रह गरेको हो । कोरोना भाइरस तत्काल नियन्त्रण नहुने र अझै एक–दुई वर्ष रहने प्रक्षेपण गरिएको अवस्था स्मरण गराउँदै विद्यार्थी संगठनहरुले वैकल्पिक सिकाइ प्रभावकारी नभएको र शैक्षिक सत्र खेर जाने देखिएकोले आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै पठनपाठन सञ्चालनको वातावरण तयार गर्न आग्रह गरेका हुन् ।

बैठकमा सहभागी नेपाल विद्यार्थी संघका महामन्त्री युवराज पाण्डेले सत्तारुढ प्रतिपक्षमा रहेका दलनिकट विद्यार्थी संगठनहरुको संयुक्त बैठकले कक्षा १२, क्याम्पस तथा विश्वविद्यालय तहका नियमित तथा रोकिएका परीक्षा सञ्चालनको ठोस मापदण्ड र योजना बनाएर परीक्षा सञ्चालन गर्न पनि आग्रह गरेको जानकारी दिए । उनकाअनुसार बैठकले निजी विद्यालय र क्याम्पसहरुले अनलाइन कक्षाको नाममा चर्को शुल्क असुल गरिरहेको दाबी गर्दै भौतिक रुपमा कक्षा सञ्चालन नगर्दै शुल्क लिने शैक्षिक संस्थालाई कारबाही गर्न पनि माग गरेको छ । उनले शिक्षा क्षेत्रमा देखिएका समस्याको उठान गरी शिक्षामन्त्रीलाई मागपत्र पेश गर्ने निर्णय पनि गरिएको जानकारी दिए ।    

फेसबुकबाट तपाईको प्रतिक्रिया