ढोरपाटनका बाढी पहिरो पिडितहरुलाई सहयोग हस्तान्तरण

३१ भाद्र २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


कौरव खत्री- बागलुङ ढोरपाटन नगरपालिका बोबाङका बाढी पहिरो पिडितहरुको लागि नगद सहयोग राहत रकम हस्तान्तरण गरिएको छ । मंगलवार गुल्मी मुसिकोट नगरपालिका १ निवासी समाजसेवी धनिश्वर अर्महेन्द्रले साउदी अरेवियामा संकलन गरि पठाएको नगद रकम रु.१८ हजार रकम मुसिकोट युनेस्को केन्द्रका अध्यक्ष मोहन घिमिरे,युनेस्को केन्द्रका सदस्य भिम पाण्डेद्धारा नगद रकम ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीलाई हस्तान्तरण गरिएको थियो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीले बाढी पहिरो पिडितहरुको लागि आएको सहयोग रकमलाई पारर्दर्शी गर्ने र सहयोग देखिने गरि पिडितहरुका घर निर्माण गरि नेपालकै नमूना काम गर्ने बताए । साथै नगरप्रमुख नेपालीले आर्थिक सहयोग गर्ने सहयोगीहरुलाई धन्यवाद दिए । सोही अवसरमा गुल्मी समाज भिक्टोरिया अष्टेलियाका संरक्षक भिमलाल सापकोटा,वामी विश्व सम्पर्क मञ्च अमेरिकाका पूर्व अध्यक्ष हरिनारायण सापकोटा,महिला अधिकारकर्मी विष्णुकुमारी सापकोटा,वामी विश्व सम्पर्क मञ्चका प्रतिनिधि अग्निधर अर्यालले शुभकामना मन्तव्य राखेका थिए ।

रकम हस्तान्तरण कार्यक्रममा ढोरपाटन नगरपालिकाका नगर उपप्रमुख करमती पुन,प्रमुख प्रशासकीय अधिकृत डिल्लिराम भट्टराई,ढोरपाटन नगरपालिका वडा नं.१ का वडाअध्यक्ष चित्र बहादुर भण्डारी, वडा नं. ८ का वडाअध्यक्ष नन्दे सुनार वडा नं. ९ का वडाअध्यक्ष हरि बहादुर घर्तिमगर,सञ्चारकर्मी रामकृष्ण कंडेल, ढोरपाटन नगरपालिकाका प्रेस सल्लाहकार झरना कंडेल लगायतको सहभागिता रहेको थियो । गत भाद्र १७ गते राती अविरल बर्षासँगै आएको बाढी पहिरोले ढोरपाटन नगरपालिकाको बोबाङकमा ठूलो जनधनको क्षति पुयाएको थियो ।

ढोरपाटन नगरपालिका विभिन्न स्थानामा रहेका धेरै घरपरिवार पूर्ण क्षति पुयाएको छ भने बाढी पहिरोले विद्यालय,विद्युत र झोलुङ्गे पुल समेतमा क्षति पुयाएको थियो । कार्यक्रम ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपालीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन भने सञ्चारकर्मी कौरव खत्रीले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • विद्युत प्रणालीको समस्या तत्काल सम्बोधन गर्न ऊर्जामन्त्रीको निर्देशन
  • जलविद्युत कम्पनीहरुको माग बढ्दा कारोबार र अधिकांसको मूल्य बढ्यो
  • केएल राहुलले बनाए शतक, बैंगलोरले पायो २०७ रनको लक्ष्य
  • बुटवलको कोरोना अस्पतालमा एक महिलाको मृत्यु
  • केएल राहुलले सचिन तेन्दुललकरको रेकर्ड तोड्दै बने आईपीएलमा सबैभन्दा छिटो…
  • वालिङ नपाद्वारा दुःख ब्यक्त
  • पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गयो, ठाउँ–ठाउँमा सडक बन्द
  • उपचार खर्च नहुर्दा अस्पतालमै खाड रेम लाल परियार सहयोगको अपिल
  • बबईमा सामुदायिक बिद्यालयको अनुगमन
  • पश्चिम नवलपरासीका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु प्रकाश